• २० चैत २०८१, बुधबार

धार्मिक पर्यटकीय गन्तव्यलाई एकआपसमा जोड्न आवश्यक : मुख्यमन्त्री आचार्य

blog

नवलपरासीको गजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणीदेखि मुक्तिनाथसम्म प्रस्थान गर्दै धार्मिक रथयात्रा । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
नवलपरासी  पश्चिम (परासी), चैत १८ गते ।
नवलपरासीको गजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणीदेखि मुक्तिनाथसम्मका लागि सोमबार धार्मिक रथयात्रा प्रस्थान गरेको छ  ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि ऐतिहासिक रथ यात्राको शुभारम्भ गर्नुभयो । यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले  लुम्बिनी र गण्डकी प्रदेशलाई संयुक्त रूपमा धार्मिक पर्यटकीय गन्तव्यलाई एक आपसमा जोड्न आवश्यक रहेको बताउनुभयो  ।

त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामबाट रथयात्रा सुरु गरिएको हो । उक्त रथयात्रा आगामी चैत्र २२ गते मुक्तिनाथ क्षेत्रसम्म पुग्ने छ । स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्प अनुसार सुरु गरिएको रथ यात्रा त्रिवेणी, देवघाट, पोखरा, बागलुङ हुँदै मुक्तिनाथ पुग्ने छ ।

नेपाल तीर्थस्थल विकास राष्ट्रिय समिति श्रीगजेन्द्रमोक्ष दिव्यधाम र श्रीसर्वसद्धिधिाम पञ्चकोट विकास परिषद् श्री गण्डकी महासभाको आयोजनामा सो कार्यक्रम गरिएको हो ।