काठमाडौँ, चैत १७ गते । बेलारुसकी विश्व नम्बर एक खेलाडी आयर्ना साबालेन्काले मियामी ओपन टेनिस प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
आइतबार भएको महिला एकलतर्फको फाइनलमा चौथो वरियताकी अमेरिकी खेलाडी जेसिका पुगुलालाई २–० को सोझो सेटमा हराउँदै साबालेन्का च्याम्पियन बन्नुभएको हो । उहाँले जेसिकाविरुद्ध ७–५, ६–२ को जित निकाल्नुभएको थियो ।
सेमिफाइनलमा साबालेन्काले इटालीकी जास्मिन पाओलिनी र पेगुलाले फिलिपिन्सकी एलेक्जेन्ड्रा इलालाई हराउँदै फाइनलमा स्थान बनाउनुभएको थियो । एजेन्सी