राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उहाँहरुलाई आज साँझ पक्राउ गरिएको हो ।
सरकारले आज पूर्व राजावादी समर्थकहरुले गरेको घटनाको सत्यतथ्य छानविन गरी दोसीलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबार विहान सम्मका लागि कर्फ्यूको समय विस्तार गरेको छ । शनिबार बिहान ७ बजेसम्मका लागि सो समय थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुधार गर्न राष्ट्रिय विज्ञापन नीति आवश्यक रहेको बताउनुभएकोछ । आज राष्ट्रिय विज्ञापन संघको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशनमा यहाँ बोल्दै मन्त्री गुरुङले पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकुल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता आएको बताउनुभयो ।
मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको टप १० मा पुग्ने हरेक प्रतिभालाई तीन–तीन लाख रुपियाँ पुरस्कार दिने घोषणा गरिएको छ ।
नेपाली कांग्रेसले ‘तोडफोड, हिंसा र अराजकताको निन्दा गरौं : शान्ति र संविधानकै मार्गबाट अघि बढौं’ भन्दै शान्तिपूर्ण राजनीतिका लागि आह्वान गरेको छ । साथै एक्काइसौँ शताब्दीमा कुनै पनि प्रकृतिको राजतन्त्र सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन भनी स्पष्ट गरेको छ ।
उद्योग वाणिज्य संघ बागलुङले विभिन्न पेशा व्यवसायमा आवद्व जिल्लाका ३० जना उद्यमीलाई सम्मान गरेको छ । संघको ६१ औं वार्षिक साधारणसभा तथा १९ औं महाधिवेशनको अवसरमा व्यवसायीहरुलाई सम्मान गरिएको हो ।
सत्तारुढ नेकपा (एमाले) ले शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसाको भर्त्सना गर्दै संविधान रक्षाका लागि दृढतापूर्वक उभिने जनाएको छ ।
आन्तरिक तथा वाह्य उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नियमित उडान सञ्चालन भएको छ ।
तीनकुनेमा शुक्रबार आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो राजधानीको तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको निधन भएको छ।
समाजवादी मोर्चा नेपालले प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आपराधिक तत्वलाई यथाशीघ्र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार दिउँसोको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आरोप लगाएको छ।