• १८ चैत २०८१, सोमबार

३० जना व्यवसायी सम्मानित

blog

उद्योग वाणिज्य संघको ६१ औं वार्षिक साधारणसभा तथा १९ औं महाधिवेशनको अवसरमा व्यवसायीलाई सम्मान गरिदै । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत १५ गते । उद्योग वाणिज्य संघ बागलुङले विभिन्न पेशा व्यवसायमा आवद्व जिल्लाका ३० जना उद्यमीलाई सम्मान गरेको छ । संघको ६१ औं वार्षिक साधारणसभा तथा १९ औं महाधिवेशनको अवसरमा व्यवसायीहरुलाई सम्मान गरिएको हो ।

अटोमोबाइल्सतर्फ इन्द्रप्रसाद पौडेल, निर्माण व्यवसायी रामप्रसाद शर्मा, कृषि तथा पशुपालन व्यवसायी बैकुण्ठ सापकोटा, आपूर्ति व्यवस्थातर्फ केशव सुवेदी, महिला उद्यमी सिता बुढाथोकी, खुद्रा व्यवसायी भीमबहादुर खत्री, कृषि औद्योगीकरणतर्फ धौलागिरि मेशिनरी टुल्स सप्लायर्स, औषधी तथा स्वास्थ्यतर्फ अनुपकुमार श्रेष्ठ, थोक व्यवसायी निलकण्ठ शर्मा, नारायण शर्मा, छपाई स्टेशनरीतर्फ लक्ष्मण शर्मालाई सम्मान गरिएको छ ।

कपडा तथा फेन्सीतर्फ रविकुमार श्रेष्ठ, ग्रामिण औद्योगिकरणतर्फ खेमकान्त पौडेल, स्थानीय उत्पादनतर्फ विशान शर्मा, ग्रामीण पर्यटनतर्फ तालबहादुर कँवर, जीवननाथ शर्मा, प्रकाश शर्मा पौडेल, थमप्रसाद शर्मा, राजकुमार श्रेष्ठ, प्रदिप रिजाल, सन्ध्या राजभण्डारी, सुरेशप्रसाद श्रेष्ठ, कविता बस्नेत, युवा व्यवसायी कलादेवी ढुंगाना, नारायण ढुंगाना, प्राणनाथ गौतम, राजु कार्की, छविलाल पौडेल र गंगा भट्टराईलाई उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।  

यस्तै, उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष स्व. शिवकुमार प्रधान, पूर्व अध्यक्ष श्याम श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, सहदेव राजभण्डारी, युवराज राजण्डारी, निर्माणकुमार श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य स्व. सुमन शाक्य, पूर्व महासचिव दयाराम पौडेललाई हिरक जयन्ती सम्मान प्रदान गरिएको संघका महासचिव ऋषिराम गौतमले जानकारी दिनुभयो । 

यसैगरी, बागलुङ दुग्ध उत्पादक सहकारी संघ र अपिल एण्ड अभिषेक डिमापर्टमेन्ट मिनीमार्ट सपिङ सेन्टरलाई जनही १२ हजार ५ सय रुपियाँसहित सफल व्यवसायी प्रोत्साहन (तारा मेमोरियल अवार्ड) प्रदान गरिएको छ । पत्रकार नारायण रिजाललाई १३ हजार ८ सय ८९ रुपियाँ राशीको आर्थिक खोजमुलक पत्रकारिता पुरस्कार, हनुमान नाच संरक्षण परिषद र श्री सत्य साई केन्द्र बागलुङलाई संयुक्त रुपमा ३१ हजार ८ सय ७५ रुपियाँ राशीको लक्ष्मी स्मृति अक्षयकोषबाट पुरस्कृत गरिएको छ ।  

यस्तै, विमला रिजाललाई १४ हजार ६३ रुपियाँ पुरस्कार राशीको बागलुङ उद्योग वाणिज्य संघ धवलागिरि बहुमुखी क्याम्पस वाणिज्य पुरस्कार र शान्ति खड्कालाई ६ हजार २ सय ५० रुपियाँ राशीको साहसी महिला उद्यमी पुरस्कार गरिएको छ ।