पर्वत, चैत १४ गते । पर्वतमा आठ प्रजातिका गहुँवालीबारे अनुसन्धान गर्न थालिएको छ । राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र भैरहवाले पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका प्रजनन गहुँमाथि अनुसन्धान सुरु गरेको जनाएको छ । सरकारको जलवायु अनुकूलन गहुँ खेती प्रविधि कार्यक्रमअन्तर्गत मध्यपहाडी भेगमा पहिलो पटक गहुँबारे अनुसन्धान थालिएको केन्द्रले जनाएको छ । कुन स्थानमा कुन प्रजातिको गहुँखेती गर्दा कृषकले राम्रो उत्पादन लिन सक्छन्, कुन हावापानी र मौसम तथा भौगोलिक स्थानमा कुन प्रजाति सुहाउँदो छ भन्ने विषयमा अनुसन्धान थालिएको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाका वरिष्ठ कृष्ण विकास अधिकृत खेमराज पन्तले जानकारी दिनुभयो । फलेवास नगरपालिका वडा नं। ६ का अगुुवा कृषक रमेश चापागाईंले कृषि प्राविधिक नै खेतवारीमा आएर गहुँको अनुसन्धान गर्दा आफूहरुलाई आगामी दिनमा गहुँखेती गर्न सहज हुने बताउनुभयो । बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिँचाइको अभाव जस्ता कारणले कृषकहरुको गहुँखेतीतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गर्ने फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले बताउनुभयो । गहुँका विभिन्न आठ प्रजनन बीउको अनुसन्धान गरिएकोमा अहिलेसम्म चार जात सिफारिसका लागि छनौट भएको उहाँले बताउनभयो । वरिष्ठ कृषि विकास अधिकृत पन्तका अनुसार अनुसन्धानपछि एन एल ११७९, एनएल १४८८, एनएल १४८६, एनएल १४५० नामक गहुँको जातको गहुँ खेतीका लागि सिफारिसको तयारी गरेको बताउनुभयो । यी प्रजाति समुद्र सतहदेखि आठ सय मिटरको उचाइमा राम्रोसँग उत्पादन हुने जनाइएको छ । केन्द्रले फलेवास नगरपालिका–६ देवीस्थानका १२ जना किसानको खेतमा अनुसन्धान गरेको हो । शिवशक्ति कृषि तथा पशुपन्क्षी कृषि फर्ममा आबद्ध १२ जना किसानको ४० रोपनी क्षेत्रफलमा गरिएको गहुँ खेतीमा अनुसन्धान गरिएको थियो ।
मदिरा र मदिराजन्य पेय पदार्थमा इथानोल नामक रसायन हुन्छ, जसमा निर्भरता बढाउने गुणहरू हुनुका साथै त्यो एक साइकोएक्टिभ र विषाक्त पदार्थ हो ।
काठमाडौँ, चैत १५ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । आज दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा आज राति हल्का हिमपात र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज यो कार्यक्रम आयोजना गरेर बहुतै महत्वपूर्ण काम भएको छ । यसमा लामो समय लाग्यो ।
काठमाडौँ, चैत १५ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ०८ पैसा र बिक्रीदर नौ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३ रुपैयाँ ७२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको छ ।
पिशाच चतुर्दशी नेवार समुदायको एक विशेष पर्व हो ।
गायक कुबेर तामाङको गीत ‘मेरो जीवन तिमी’ सार्वजनिक गरिएको छ । गायक तामाङको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको छ । गीतमा तामाङकै शब्द र स्वर रहेको छ ।
संसारका सबै सजीवको जीवन भू्रणबाट सुरु हुन्छ, मृत्युमा पुगेर टुङ्गिन्छ । यी दुई परिघटनाबिचको अवधि नै जीवन हो । जीवनलाई बुझ्ने, बुझाउने अनेक शास्त्र, कला, विधा छन् ।
स्थानीय नेवार समुदायको दसैँपछिको ठुलो पर्व पाँहाचह्रे शुक्रबार (आज) मनाइँदै छ ।
चितवन उद्योग सङ्घको आयोजनामा भरतपुरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा जुत्ताचप्पल मेला सुरु भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मेलाको उद्घाटन गर्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्बन बिक्रीबापत प्राप्त भएको रकम गरिब र विपन्न वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले योगादनमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका रोजगारदाता प्रतिष्ठान र श्रमिकलाई कोषको योजनामा सूचीकृत हुन आग्रह गरेको छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ । यसै क्रममा आज संस्कृति, पर्यटन तथा उड्डयन पर्यटन मन्त्रालयसँग छलफल भएको छ ।
लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आफूहरू तयार रहेको बताएका छन् । भारतस्थित नेपालको राजदूतावास र भारतीय हरित ऊर्जा महासङ्घको संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को संस्थागत सहभागितामा नयाँ दिल्लीमा आयोजित नेपाल–भारत इनर्जी समिटमा सहभागी भारतका व्यावसायिक घरानाले नेपालमा भारतीय लगानीको नीतिगत सुरक्षा हुनुपर्नेमा जोड दिए ।