इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो ।
आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा व्यस्त छन् ।
तुलसीपुर, चैत १५ गते । राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड । यो सडकमा हाल मर्मतसम्भारको काम भइरहेको छ । तस्बिरः रासस
महन्थ रामदास तस्मैया बाबाका शिष्य जयकृष्ण दासको नेतृत्वमा मटिहानीको संस्कृत पाठशाला १७७५ सालमा सुरु भएको थियो ।
गुलरियाको हिमाली आधारभूत विद्यालय र कृष्णसार आधारभूत विद्यालयका किशोर किशोरी आजभोलि साथीहरू सँग खुलेरै यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्दछन् ।
आधुनिक जीवनशैलीले मानिसको दैनिकी धेरै सहज भए पनि स्वास्थ्यका चुनौती पनि साथसाथै थपिएका छन् । आधुनिक जीवनशैलीमा अस्वस्थ खानपान, व्यायामको कमी र मानसिक तनाव सहयात्री जस्तै भएको देखिन्छ ।
कृषि क्षेत्रको उत्थानका लागि थुप्रै सरकारले कागजमा प्रतिबद्धता गरेको पाइन्छ। सरकारको प्रतिनिधित्व गर्ने सम्बन्धित निकायले समुदायलाई नवीन कृषि ज्ञान नपाउँदा व्यवहारमा किसानका समस्या ज्युँका त्युँ रहेका छन्।
काठमाडौँ, चैत १५ गते । काठमाडौँ महानगरपालिका भित्र केन्द्र रहेका एसइई दिने विद्यार्थीलाई गन्तव्यसम्ममा पुग्न सवारी साधन उपलब्ध नभएमा काठमाडौँ महानगरले व्यवस्था गरेको जनाएको छ । महानगरले महानगर प्रहरी बलको सहयोगमा विद्यार्थीलाई गन्तव्यसम्म पुग्ने गरी सवारीसाधनको व्यवस्था गरेको जनाएको हो । सवारी साधन प्रयोगका लागि महानगरले निम्न व्यक्ति र नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । महानगरका अनुसार बानेश्वर क्षेत्रमा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल सम्पर्क नम्बर ९८५१०६८०९६, रत्नपार्क क्षेत्रबाट नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने सम्पर्क नम्बर ९८५१०९३१७६, नयाँ बसपार्क क्षेत्रबाट नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट सम्पर्क नम्बर ९८५१२३३६३३ त्यस्तै गरी टेकु क्षेत्रबाट नगर प्रहरी उपरीक्षक प्रकाश पण्डित सम्पर्क नम्बर ९८५१०५६३४६ मा सम्पर्क गरी सवारी साधन प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै गरी कुनै समस्या परेमा महानगरको हटलाइन नम्बर ०१–५९०१७६४ र ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
सङ्घीय संसद्को दुवै सदनको आज बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्य तालिका रहेको छ ।
आँधीखोला गाउँपालिकामा एकै चोटी दुई वटा झोलुङ्गे पुल बन्ने भएका छन् ।
बर्दियाको बबई सिँचाइ आयोजनाले चालु आर्थिक वर्षमा गुलरिया नगरपालिका क्षेत्रभित्र नहर निर्माणको काममा तीव्रता दिएको छ । बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आव २०४५/४६ सालमा नहर निर्माण थालिएको थियो ।
लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबारको बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गुल्मीमा लामो समयदेखि प्रयोगविहीन रहेका सवारीको विवरण सङ्कलन भए पनि त्यसको व्यवस्थापन गर्ने काम भने अगाडि बढ्न सकेको छैन ।
कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत हुनुभएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा प्रस्तुत गर्दै आइरहनुभएको छ ।