गोकर्ण पौडेल
तुलसीपुर, चैत १६ गते । तुलसीपुरमा खाना पकाउने क्रममा आगो शरिरमा सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न –३ रानागाउँकी ६० वर्षीया गोमा वली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूूर्य रानाका अनुसार घरमा खाना पकाइरहेको अवस्थामा शनिबार बिहान पौने ९ बजेको समयमा एक्कासी उहाँको शरिरमा आगो सल्किएको हो ।
कपडाबाट सल्किएको आगोले पेट, कम्मर र शरिरका विभिन्न भागमा ३० प्रतिशत जलेको प्रहरीले जनाएको छ । घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खाना पकाउने क्रममा तुलसीपुर १९ सक्रामकी एक महिलाको एक महिना आगोमा सल्किएर मृत्यु भएको थियो ।