ललितपुर, जेठ २१ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय समता दिवस तथा छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीति दलको भूमिका’ विषयक अन्तरसंवाद गरेको थियो । सो अन्तरसंवादको समापन समारोहमा उहाँले असमानताको अन्त्य गरेर मात्र लक्ष्यमा पुग्न सकिने बताउनुभयो । उहाँले लोकतन्त्र र बहिष्करणसँगसँगै जान नसक्ने उल्लेख गर्नुभयो ।“अबको १० वर्षसम्मको अभियान के हुनसक्छ भनेर योजनाबद्ध रुपमा लाग्नुपर्छ, आजको छलफल विचार उत्तेजक र ज्ञानवद्र्धक पनि भएको छ,” महामन्त्री थापाले भन्नुभयो, “स्वर्गीय प्रदीप गिरीले भन्नुभएअनुसार राजनीतिज्ञहरु बौद्धिक रुपमा ठीक ठाउँमा हुँदाहुँदै कतिपय अवस्थामा भावनात्मक रुपमा ठिक ठाउँमा नहुन पनि सक्छन्, यसमा हामीले ध्यान दिनुपर्नेछ ।”पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सत्तामा पुग्न नेतृत्वले गरेको व्यवहार र सोचका कारण विभेदको अन्त्य नभएको बताउनुभयो । बहसमा मात्रै केन्द्रीत नभएर समस्यालाई समाधानमा लाग्नुपर्ने उहाँको भनाइ छ ।पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले सुरु गरेको असमानता, छुवाछूत र विभेद्विरुद्धको अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभयो । “नेपालमा मात्रै विभेद छ भन्ने भाष्य पनि सही छैन, देशको आधा जनसङ्ख्या महिला हुँदा पनि स्वीजरल्याण्डमा त लामो समयसम्म मताधिकार नै दिइएको थिएन, पछि मात्रै भएको हो । यो सबै कुरा शिक्षा र चेतनाले फरक पार्दो रहेछ, हामीले यसलाई तत्कालै ध्यान दिनुपर्छ, नियम र कानुनले मात्रै हुँदैन” उहाँले भन्नुभयो ।नागरिकको घरघरमा पुग्ने संस्था भनेको राजनीतिक दलहरू नै भएकाले छुवाछूतविरुद्ध बाँकी रहेको अवशेष हटाउन क्रियाशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६ मा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पनौतीबाट–मेदाम्सु जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको यात्रुवाहक बस बेथानचोक गाउँपालिका–६ भुग्देउबाट तावरे जाने बाटोमा दुर्घटना भएको हो ।
जनकपुर, जेठ २१ गते । विपक्षी दलको अवरोध र विरोधका कारण मधेस प्रदेशसभा बैठक आज सुरु हुनासाथ स्थगित भएको छ । जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको हो ।प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरु भएसँगै जसपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गर्नुभएको हो ।जसपाका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभाको चौथो अधिवेशनको २२औँ बैठकमा सभामुख मण्डलले छानबिन समिति गठन गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएकामा आपत्ति जनाउनुभएको थियो । उहाँले संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अवरुद्ध जारी राख्ने बताउनुभयो । यसअघि प्रदेशसभा सञ्चालनका लागि सभामुख मण्डलले आज तीन घण्टा छलफल गर्नुभएको थियो । तर छलफलबाट सकारात्मक निष्कर्षमा पुग्न नसकेपछि प्रदेशसभा सञ्चालन भएको थियो ।
सल्यानमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित हुनुभएको छ । बुधवार जिल्लाको कपुरकोट गाउँपालिकामा दलित र गैर दलित समुदायबिच विवाह गरेर सामाजिक सद्भाव र समानताको उदाहरण प्रस्तुत गर्ने जोडीहरूलाई सम्मान गरिएको हो । १४ जोडीहरूलाई नगद एक एक हजार रुपैयाँ र खादाले सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख हिरा वलीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाहरुका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गर्नुभएको छ ।
नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा ‘प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भएको छ ।
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलनमा यो क्षेत्रमा बसोबास गर्दै आएका सबै जात जातीको संस्कृति झल्काउने झाँकी सहितका नृत्य प्रस्तुत गरिए।
नेपाल नम्बर एक गल्फर सद्भाव आचार्यको कोर्स रेकर्डसहित नेपाल ‘ए’ ले ११औँ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण जितेको छ ।
महिनावारी व्यवस्थापनमा प्रयोग हुने सेनिटरी सामग्रीमा कर छुट गर्न नेपाल चिकित्सक संघले सरकारसमक्ष माग गरेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म राज्यका अन्य संरचना समावेशी हुन नसक्ने बताउनुभएको छ।
नेपालले आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयरको अवार्ड जितेको छ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका केन्द्रीय नेता लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन सम्पन्न गराउन नेपालगञ्ज पुग्नुभएको छ ।
दोस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ र छात्रातर्फ आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लब विजेता बनेका छन् ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट प्रदेशमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार प्रदेशसभामा पेश गर्नुभएको नीति तथ कार्यक्रममा यस्तो उल्लेख छ।
नेपालकी कराते स्टार एरिका गुरुङले विश्व कराते महासङ्घको नयाँ वरीयतामा ठुलो छलाङ मार्नुभएको छ ।