प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले आज डा. यादवसँग भेटवार्ता गर्नुभएको हो।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभएको छ।
सप्तरीको महदेवा गाउँपालिकामा कृषि सडक निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कम्पनीसहित सात जना उपर विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान तथा सीप आवश्यक रहेको र त्यसका लागि एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन आवश्यक रहेको बताउनुभएको छ।
‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वानसहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गर्नुभएको छ ।
श्रम संकृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रम संस्कृतिको व्यापकताबाट मात्रै देशमा समृद्वि सम्भव हुने बताउनु भएको छ ।
जनकपुरधामका उद्योगी व्यवसायीले मंगलबार जनकपुर बजार बन्द गर्दै प्रदर्शन गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई केही दिन अघि प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाको विरोधमा व्यवसायीले प्रदर्शन गरेका हुन् ।
विद्यार्थीमा स्वच्छता र फोहर व्यवस्थापनबारे सचेतना बढाउने उद्देश्यले सिफलस्थित बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको उच्च प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको बताउनु भएको छ ।
जेनजी आन्दोलनका कारण अनिश्चित कालका लागि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक कात्तिक २४ गते बस्ने भएको छ। सभामुख कृष्णप्रसाद धितालले २४ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको हो।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मङ्गलबार आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने र नयाँ भूराजनीतिक वास्तविकतालाई सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ ।
भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी) ले प्रतिष्ठित उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित विभिन्न कम्पनीबाट ८४ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी (करिब ७५ अर्ब भारतीय रुपियाँ) बराबरको सम्पत्ति जफत गरेको जनाएको छ ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसकी नेतृ एवम् बागमती प्रदेशका पूर्वराज्यमन्त्री रजनी अमात्य जोन्छेंको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताउनुभएको छ।
सरकारी स्वामित्वको गोरखापत्र संस्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सहकार्य हुने भएको छ ।