भारत सरकारले मङ्गलबारदेखि देशव्यापी रूपमा आफ्नो मतदाता सूचीको सामूहिक संशोधन प्रक्रिया प्रारम्भ गरेको छ । यो अभ्यासलाई “विशेष गहन संशोधन (स्पेसल इन्टेन्सिभ रिभिजन-एसआइआर) भनिएको छ ।
प्रहरीले बर्दिबास र लालगढका छुट्टाछुट्टै स्थानबाट ४१ बोतल प्रतिबन्धित लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ ।
शिक्षामन्त्री महावीर पुनले मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको छ । उहाँले मङ्गलबार बिहान नयाँ बानेश्वरमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको हो ।
युवा पुस्ताको प्रतिनिधित्व बढाउन माग गर्दै शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला मङ्गलबार खुलेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा रूसी प्रधान मन्त्री मिखाइल मिसुस्टिनसँग भेटवार्ता गरी बहु पक्षिय सहयोग र विकास रणनीतिको समन्वयका लागि आह्वान गर्नु भएको छ ।
धार्मिक पर्यटन प्रवर्धन र सनातन हिन्दु धर्म तथा संस्कृतिको संरक्षणको उद्देश्यले देवघाटधाममा मङ्गलबार गण्डकी परिक्रमा महोत्सव–२०८२ गरिएको छ ।
जैविक विविधताले महत्त्वपूर्ण तथा पर्यटकीय क्षेत्र घोडाघोडी तालमा तिहारपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।
जिल्लाको कुशे गाउँपालिका–४ मा खोटो सङ्कलन गर्न गएका एक जनाको ढुङ्गा लागेर मृत्यु भएको छ ।
मध्य भियतनाममा कलमेगी चक्रवातका कारण आएको एक हप्ता लामो वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खन्नुभएको छैन ।
यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिनुहुन्छ । हिउँदमा बेँसी र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उहाँको दैनिकी हो ।
गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ ।
पेरु सरकारका विदेशमन्त्री ह्युगो डे जेलाले सोमबार राजधानी लिमामा आयोजित पत्रकार सम्मेलनमा पेरुले मेक्सिकोसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको घोषणा गर्नुभएको छ ।
बाँके जिल्लामा यस वर्ष एक लाख ६० हजार मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।