मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि एक करोड सङ्कलन भएको छ ।
भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।
चीनका शीर्ष कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले आफ्ना जर्मन समकक्षीलाई बर्लिनले ‘माइक्रोफोन कूटनीति’ अपनाउन नहुने चेतावनी दिनुभएको छ ।
रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् ।
उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद’ का पूर्व प्रमुख तथा नाममात्रको राष्ट्र प्रमुखका रूपमा दुई दशकभन्दा बढी समयसम्म सेवा गर्नुभएका किम योङ नामको ९७ वर्षको उमेरमा निधन भएको छ ।
नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजक समिति सचिवालयको बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरु भएको छ ।
महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार बैठक कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा सुरु भएको हो । आयोजक समितिको बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक प्रज्ञाप्रतिष्ठानको हल कमलादीमा बस्दैछ ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
प्युठानको स्वर्गद्वारी नगरपालिका-६, बेलबासबाट देखिएको माडी नदी र आसपासको बस्ती तथा क्षेत्र ।
गोरखाको मर्स्याङ्दी नदीमा एक महिलाको शव फेला परेको छ ।
भगवान शिवको निवास कैलाश मानसरोवर एवं भोलेनाथकै प्रशिद्ध मन्दिर बद्रीनाथसँग साइनो गाँसिएको उग्रतारा भगवती मन्दिरमा बुधबार मेला लाग्दै छ।
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–९, सोल्मा टिम्बुरे गाउँ अहिले टिम्बुरको संरक्षण, प्रवर्धन र ग्रामीण पर्यटन विकासको नयाँ केन्द्रका रूपमा परिचित बन्दै गएको छ।
सिन्धुली जिल्लाका किसान केहि दिन अघिको निरन्तर झरीबाट भिजेको खेतमा काटेर सुकाएको धान स्याहार्न जुटेका छन् ।
सुनसरीको रामधुनी नगरपालिका-५, झुम्का कारागारबाट फरारमध्ये अधिकांश फर्किएको भए पनि अझै पाँच सयभन्दा बढी कैदीबन्दी सम्पर्क बाहिर रहेका छन् ।