लिम्बू समुदायको सबभन्दा ठुलो सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) मोरङको उर्लाबारीमा पाँच दिनसम्म मनाइने भएको छ । चन्द्रमासको पात्रो अनुसार हरेक वर्ष धान्य पूर्णिमाका दिन लिम्बू समुदायले प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै यो पर्व मनाउँदै आएको छ । किराँत याक्थुङ चुम्लुङ, उर्लाबारीका अध्यक्ष बानु सुब्बाले यस वर्ष चासोक पर्वको अवसरमा मङ्सिर १८ देखि २२ गतेसम्म उर्लाबारी–९ स्थित आम्बारीमा पाँच दिने बृहत् सांस्कृतिक महोत्सव र जातीय प्रदर्शन आयोजना गरिने जानकारी दिनुभयो ।
मोन्था चक्रवातका कारण यही कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार धान र तरकारी बालीमा यति ठुलो नोक्सानी भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले बेलायती निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपालका लागि बेलायतका राजदूत रोब फेनले मन्त्री सिन्हासँग गरेको भेटवार्तामा उहाँले नेपालमा भएको राजनीतिक स्थायित्व र नीति सुधारले लगानीको वातावरण सुधारिएको त्यस्तो आग्रह गर्नुभएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् । सहकार्यका लागि मङ्गलबार आइक्यानका अध्यक्ष सिए नीलबहादुर सारूमगर र सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
बाजुराको हिमाली गाउँपालिकाको पाँडीका किसानलाई सिमी भित्र्याउने चटारो परेको छ । वैशाख, जेठमा पाखो जमिनमा लगाएको सिमी पाकेपछि पानीले भिजाउँछ कि भन्ने डरले उनीहरूलाई भित्र्याउने चटारो परेको हो । पछिल्लो समय पाँडीका किसान प्रायः सिमी नै लगाउँछन् । यसलाई दालका रूपमा प्रयोग गरिन्छ । स्वास्थ्यका लागि निकै उपयोगी यो सिमीको माग धेरै बढेकाले किसानले पनि धेरै लगाउन थालेको पाँडीका स्थानीय जुना रोकायाले बताउनुभयो ।
गएको भदौमा तीन सय किलो फल टिपेका सतबाँझ सुक्खा फलफूल केन्द्रका स्याउका बोट फल रित्तिएको दुई महिना नपुग्दै कात्तिकमै फुलेका छन् । सामान्यतया माघ/फागुनमा फुल्ने स्याउका बोट चार महिनाअघि नै फुलेपछि फलफूल केन्द्रका कर्मचारी चकित परेका छन् ।
नेसनल लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपियाँ सहयोग गरेको छ ।
लामो समयदेखि विवादित डेडिकेटेड र ट्रङ्क लाइन विद्युत्को प्रिमियम महसुल विवाद समाधानका लागि मध्यमार्गी प्रयास चालेको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । महासङ्घका पदाधिकारी तथा उद्योगीका प्रतिनिधिले मङ्गलबार महासङ्घ सचिवालयमा पत्रकार सम्मेलन गरी यो प्रयासलाई सार्थक बनाउन आह्वान गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा वायु ऊर्जा उत्पादनमा लगानी प्रोत्साहन गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आफूसहित अन्य आठ राजनीतिक दलबिच हुने एकता प्रस्ताव पारित गरेको छ । मङ्गलबार राजधानीमा आयोजित महाधिवेशन आयोजक समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत प्रस्ताव पारित गरेको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा १५ औँ महाधिवेशन मितिका सन्दर्भमा दुई प्रस्ताव पेस भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे दुई धार देखिएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गरेर निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको बताउनु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग जानकारी लिनु भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको बताउनुभएको छ।