सङ्घीय संसदअन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
दमक–७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ ।
दैलेखका जनप्रतिनिधिले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारका निकायमा कार्यरत कर्मचारीले जोखिम मोल्न नचाहेका कारण विकासनिर्माणमा बाधा पर्ने गरेको बताएका छन् ।
कैलालीको घोडाघोडी नगरपालिमा रहेको ईलाका प्रहरी कार्यालय सुखडले विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने चार जनालाई पक्राउ गर्नुका साथै उनीहरुले चोरी गरेको आठवटा मोटरसाइकल समेत बरामद गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी भएकामा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
कञ्चनपुरमा कोभिड परीक्षणका लागि किट अभावले कोरोनाका शङ्कास्पद बिरामीको परीक्षण हुन सकेको छैन । महाकाली प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि किट अभाव हुँदा बिरामी मर्कामा परेका छन् । पछिल्लो समय भारतमा कोरोना सङ्क्रमणदर
स्थानीय तहमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी राख्ने कार्यमा अब कडाइ हुने भएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहटको सीमामा पर्ने बागमती पुलमा बुधबार राति कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
युरोपेली पत्रकार महासङ्घ (इएफजे)ले इजरायली आक्रमणलाई पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भन्दै सन् २०२३ अक्टोबरदेखि गाजामा आक्रमणको क्रममा २०० पत्रकार तथा मिडियाकर्मीको हत्या भएको जनाएको छ ।
सिन्डिकेट शब्दले एकाधिकारसँग नजिकको सम्बन्ध राख्छ ।
आइबिएस (इरिटेबल बाउल सिन्ड्रोम) को बारेमा जानकारी हुन जरुरी छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्लाष्टिकजन्य सामग्रीको विकल्प खोज्न आग्रह गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा बिहीबार शुभकामना दिनुहुँदै जैविक विविधतामा सङ्कट निम्त्याएको प्लाष्टिक लगायतको प्रदूषणबाट गम्भीर वातावरणीय परिणाम कम गर्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
मानव जातिको अभ्युदय सँगसँगै बाटो निर्माण कार्य सुरु भएको मानिन्छ ।