काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ ।
भैरहवा भन्सार कार्यालयमार्फत रु ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् ।
देश र जनतालाई केन्द्रविन्दुमा राखेर असल ढङ्गबाट गरिने शासन सुशासन हो । यसमा कानुनको पूर्ण पालना, दण्डहीनता अन्त्य, भ्रष्टाचाररहित स्वच्छ समाज, सरकारको पारदर्शी एवं जनमुखी कामकारबाही समावेश हुन्छ । नेपालको संविधानको धारा ५१ (ख) ४ मा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने उल्लेख छ । विश्वमा सुशासनको अवधारणा सन् १९९० को दशकको अन्तिमबाट बहसमा आउन थालेको हो । त्यसअघि शासकीय व्यव
मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने कार्य वर्तमान सरकारको प्रमुख प्राथमिकतामा रहेको छ । भ्रष्टाचार नियन्त्रण नभई सुशासन कायम हुन नसक्ने भएकाले सरकारले यस कार्यलाई प्राथमिकतामा राखेको हो ।
‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ ।
गुरु नानकको जन्म सन् १४६९ को कात्तिक पूर्णिमाका दिन भारत वर्षको तालबन्डी भन्ने स्थानमा भएको हो । हाल यो स्थानमा भव्य गुरुद्वारा बनेको छ । यस गुरुद्वारालाई नानकना साहेब भनिन्छ । यो स्थान पाकिस्तानको पन्जाब प्रान्तमा भारत–पाकिस्तान सीमानजिकै पर्छ । भारतबाट लाखाैँ सिख धर्मावलम्बी हरेक वर्ष यस पवित्र स्थलमा दर्शनका लागि पुग्ने गर्छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय ७० वर्षीय खिमबहादुर गुरुङ र ५८ वर्षीय खुसीमान गुरुङबीच आइतबार साँझ झैझगडा भएको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
१. संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकास लक्ष्यका १७ युवा नेता (सन् २०२५ का लागि) मा पर्न सफल नेपाली अभियन्ता को हुन् ? ऐश्वर्या श्रेष्ठ
सार्वजनिक सेवा प्रवाह १. सार्वजनिक सेवा प्रवाहमा ‘अटोमेसन’ भनेको के हो ? नेपालमा सार्वजनिक सेवा प्रवाहलाई स्वचालित बनाउँदै सार्वजनिक सेवा वितरणमा कार्यकुशलता र प्रभावकारिता हासिल गर्न के कस्ता अवरोध देख्नुहुन्छ ? त्यस्ता समस्या समाधान गरी स्वचालित प्रणाली स्थापित गर्न के कस्ता उपाय अवलम्बन गर्नु पर्ला ? आफ्नो विचार व्यक्त गर्नुहोस् ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ १६ पैसा निर्धारण गरिएको छ ।
नेपालका गितारवादक समीप न्यौपानेले टर्कीमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा प्रस्तुति दिनुभएको छ । ‘गोल्डेन किड्स इन्टरनेसनल’ मार्फत सहभागी हुनुभएका न्यौपानेले नेपालीपन झल्किने धुन प्रस्तुत गर्नुभएको हो । आयोजक, निर्णायक र दर्शक सबैले उहाँको गितार वादनको प्रशंसा गरेका छन् ।
नेपाल, भारत, बङ्गलादेश र मौरिससका एक सयभन्दा बढी कलाकारको अन्तर्राष्ट्रिय सामूहिक कला प्रदर्शनी सुरु भएको छ । आकार डेकोरले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरी आयोजना गरेको सो अन्तर्राष्ट्रिय सामूहिक चित्रकला र मूर्तिकला प्रदर्शनीको मङ्गलबार राजधानीमा उद्घाटन गरिएको हो ।
बुधवार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ ।