काठमाडौँ, कात्तिक १९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ १६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ८६ पैसा र बिक्रीदर १६३ रुपियाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७५ रुपियाँ ८३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ०६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६० पैसा र बिक्रीदर १०१ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २२ पैसा र बिक्रीदर नौ रुपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८७ पैसा र बिक्रीदर १९ रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८४ पैसा र बिक्रीदर ३९ रुपियाँ कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३५ पैसा र बिक्रीदर चार रुपियाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८ रुपियाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ७२ पैसा र बिक्रीदर ३३ रुपियाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९५ पैसा र बिक्रीदर नौ रुपियाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८३ पैसा र बिक्रीदर १४ रुपियाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८१ पैसा र बिक्रीदर २१ रुपियाँ ९१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २१ पैसा र बिक्रीदर १८ रुपियाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ५७ पैसा र बिक्रीदर ४६२ रुपियाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७७ रुपियाँ ०६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपियाँ २३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।रासस