शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                पाटन (ललितपुर), कात्तिक १८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरु भएको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालालगायत पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति सहभागी हुनुहुन्छ ।
आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी रहेको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिनुभयो । जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा गत असोज २८ गतेदेखि सुरु भएको बैठक असोज ३० र ३१ गते, त्यसपछि कात्तिक १३ र १४ गते सञ्चालन भएको थियो । रासस