• १ मंसिर २०८२, सोमबार

मानसरोवर र बद्रीनाथसँग साइनो गाँसिएको उग्रतारा

blog

उग्रतारा मेलाको मुख्य आकर्षण गाँच नचाउँदै गरेको एक दृष्य। तस्बिरः पुष्कर भण्डारी।

पुष्कर भण्डारी 

डडेलधुरा, कात्तिक १८ गते। भगवान शिवको निवास कैलाश मानसरोवर एवं भोलेनाथकै प्रशिद्ध मन्दिर बद्रीनाथसँग साइनो गाँसिएको उग्रतारा भगवती मन्दिरमा बुधबार मेला लाग्दै छ। सुदूरपश्चिमको सुप्रशिद्ध भगवती देवीको मन्दिर उग्रतरामा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन भव्य रूपमा वार्षिक पूजाआजासँगै मेला लाग्ने गरेको छ। उग्रतारा मन्दिर डडेलधुरा जिल्ला सदरमुकाम भन्दा पाँच किमिको दुरीमा अवस्थित छ। 

अमरगढी नगरपालिका–८ मा पर्ने मन्दिर क्षेत्र डडेलधुरा बैतडी जोड्ने महाकाली राजमार्गको डकले रातागुन भन्दामाथि विशाल डाँडोमाथि छ। उग्रतारा देवीका मूल पुजारी साँकी थरका क्षेत्री हुन्। भगवती देवीका आफ्ना धामी पनि छैनन्। भूमिराज देउताका मुख्य धामी नै उग्रतारा देवीका धामीका रूपमा लिइन्छ। 

मानसरोवर र उग्रतारा भगवतीको इतिहास जोडिएको उग्रतारा वेदविद्या आश्रमका अध्यक्ष एवं उग्रतारा भगवतीका लौडिया पुष्पराज भट्टले बताउनुभयो। उहाँका अनुसार मानसरोर जान नसक्नेले उग्रतारा माताको दर्शन गरे मनोकामना पूरा हुने पहिलेदेखिको इतिहास रहेको र यसलाई सनातनी मात्रै व्याख्या गर्नसक्ने छन्।  


लेखक बाट थप