• १८ कात्तिक २०८२, मङ्गलबार

मर्स्याङ्दी नदी किनारमा महिलाको शव फेला

blog

गुणबहादुर रोका 

सुलीकोट, कात्तिक १८ गते । गोरखाको मर्स्याङ्दी नदीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको पालुङटार नगरपालिका–७ माझी गाउँकी ४६ वर्षीया हरिमायाँ कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार शनिबार बिहान ४ बजेदेखि हराइरहेकी मृतक कुमाल मंगलबार दिउँसो १ बजे पालुङटार नगरपालिका–७ को मर्स्याङ्दी नदीको किनारमा मृत अवस्थमा फेला परेको उहाँले बताउनुभयो। 

नदीको किनारमा स्थानियबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको प्रहरी टोली घट्नास्थल पुगेको जिल्ला प्रहरी कार्याल गोरखाले जनाएको छ । 

मृतकको शवलाई पोष्ठमार्टमको लागि प्रदेश अस्पताल गोरखामा पठाइएको र घटनाकाे कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल गोरखाका प्रहरी नायव उपरीक्षक श्रेष्ठको भनाइ छ।