शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गुणबहादुर रोका
गोरखा, कात्तिक १८ गते। प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ।
मङ्गलबार गोरखा नगरपालिका–८, रानीवनको ऋषिको कुटीबाट लुकिरहेको अवस्था मा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार सोमबार साँझ गोरखा आइपुग्नु भएका भुसाल केही दिनदेखि प्रहरीको खोजीको सूचीमा रहेकाले गोरखा आइपुगेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो।
अहिले भुसाल प्रहरीको नियन्त्रणमा भएकाले अबको केही बेरमै काठमाडौँ पठाइने तयारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
भुसाललाई काठमाडौँस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो।