• १८ कात्तिक २०८२, मङ्गलबार

बाँकेमा धान खरिदका लागि मूल्य निर्धारण

blog

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जस्थित धान खरिदका लागि तयार पारिएको क्षेत्र । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, कात्तिक १८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानबाट धान खरिदका लागि मूल्य निर्धारण गरि‍एको छ । 

प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा मङ्गलबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रति क्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रति क्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैसामा खरिद गर्ने गरी मुल्य निर्धारण गरेको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले मूल्य निर्धारणको काम गरिए पनि आन्तरिक तयारी गरी आइतबारबाट मात्रै किसानबाट धान खरिद सुरु गरिने जानकारी दिनुभयो । 

कार्यालय प्रमुख लामिछानेले भन्नुभयो, “गोदाम व्यवस्थापन लगायतका अन्य प्राविधिक काम सकेर किसानबाट धान खरिद गर्ने छौं ।” बैठकमा प्रमुख जिल्ला अधिकारी तामाङले किसानले बजारमा सरकारी मुल्य भन्दा कममा धान बिक्री गरिरहेको भन्दै छिटो धान खरिद थाल्न निर्देशन दिनुभयो । 

बाँकेमा यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल किसानबाट खरिद गर्ने निर्णय भएको छ ।