नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा जोड दिनुभएको छ । भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडाँै महानगरपालिकाले आज भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताउनुभयो ।
पोखरा खानेपानी सुधार आयोजनाको काम ९५ प्रतिशत सकिएको छ । चाँडै पोखरेलीको धाराबाट पहिलेभन्दा सफा पानी झर्ने पक्का भएको छ । यसअघि करिब १२ किलोमिटर
‘आँधीखोला गाउँपालिका जन्म ठाउँ हो मेरो’ गीत युट्युबमा सार्वजनिक भएको छ । पालिकाको सहकार्यमा डिआर सुजनले गीत बजारमा ल्याउनुभएको हो । रचना रिमाल र डिआरको स्वर रहेको गीतमा सङ्गीत टेकनारायण चापागाईले दिनुभएको छ ।
संसदीय अभ्यास सबै देशमा आ–आफ्ना किसिमका हुन्छन् । देश सञ्चालनको जिम्मेवारी बोकेको सरकारको गतिमा यसको अभ्यास निर्भर रहन्छ । देश सङ्घीयतामा प्रवेश गरेपछि संविधानको मर्म र भावनाअनुरुप विभिन्न कानुन बनाएर लागू गर्ने विषयमा केही ढिलाइ भएको छ ।
वि.सं. १९९० सालमा गएको ठुलो भूकम्पले ठुलो मात्रामा धनजनको क्षति पुर्याएको थियो । हामीले त्यो समयदेखि बारम्बार भूकम्पबाट क्षती सहँदै आएको छ । ९० वर्ष बित्दा समेत अझै भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण देखि अन्य सुरक्षाका उपायहरू अवलम्बन गर्ने कार्य प्रभावकारी रूपमा हुन सकेको छैन ।
पोखरा महानगरपालिका–७ र १५ को बिचमा पर्ने सेती खोचमा विमान दुर्घटना हुँदा ७२ जनाको एकै दिन निधन भएको सोमबार एक वर्ष भएको छ । दुर्घटनास्थलमा पोखरा महानगरले स्मृति स्तम्भ
त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।
शरीरमा खोपेर बनाउने ट्याटु कलाका बारेमा बहस भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा ‘ट्याटु आर्टसम्बन्धी ललितकला संवाद’ भएको हो ।
भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाले सदरमुकाम तोक्न सकेको छैन । गाउँपालिकाको मुकाम कहाँ राख्ने भन्ने विषयमा टुङ्गो लगाउन नसक्दा जनप्रतिनिधिको आलोचना बढ्दै गएको छ ।
कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९:१५ बजे सुरु हुने छ । अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९:१५ बजे सुरु हुने छ । तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९:०० बजे सुरु हुने छ ।
केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ ।
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो ।
नारायणगढ मुग्लिङ सडकको ३ नम्बर पुलमा मङ्गलवार बिहानै बलेरो त्रिशूली नदीमा खसेको छ ।
आँधीखोला गाउँपालिकामा दुई सडकको दुई किमी सात सय मिटर कालोपत्रे गरिएको छ । पालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गरेको हो । यहाँको वडा नं. २ को जरेखोला–भण्डार थुम्का–मडुवा सडक दुई किमी एक सय मिटर र वडा नं. ५ को गावटे नाम्चेडाँडा छहरे सडक छ सय मिटर कालोपत्रे गरेको हो ।