पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनी योजना कार्यालयमा आइतबारदेखि सम्पूर्ण कामकारबाही ठप्प पारिएको छ ।
नेपाल राष्ट्र बैँकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैँकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।
गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा दुई हजार दुई सय रुपियाँले बढेको छ ।
सुनसरीको इनरुवा नगरपालिका २ मा रहेको बुढासुब्बा आधारभूत विद्यालयका कक्षा ५ मा पढ्ने विद्यार्थीहरुले अक्षर नै चिन्दैनन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक आवको मङ्सिर दोस्रो सातासम्म चार सय ४४ उजुरी दर्ता भएका छन् ।
नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।
वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ ।
मधेश प्रदेशका नयाँ मुख्यमन्त्री तथा नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले सङ्घीयताको उद्गमस्थलका रूपमा चिनिने मधेशमा कांग्रेस नेतृत्वको सरकार सङ्घीयता जोगाउने र प्रदेशलाई समृद्ध बनाउने दिशामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गुल्मीमा विपदबाट बनेका घरहरुको दोस्रो र अन्तिम किस्ता पाउनै सकस हुने गरेको पीडितहरुले गुनासो गर्दै आएका छन् ।
खानेपानी योजनाका लागि गएको पाँच वर्षदेखि हालसम्म दुई करोड ९९ लाख रुपियाँ बजेट आए पनि योजना कार्यान्वयन नहुँदा ४२५ घरपरिवार काकाकूल बनेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतीक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नगरे ठेक्का तोड्ने कडा चेतावनी दिनुभयो ।
अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ ।
रौतहट र सर्लाही जोड्ने पुल निर्माणका लागि रौतहटका जेनजी अगुवा विक्रम यादवले नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराउनुभएको हो । समयमै पुल निर्माण नहुँदा रौतहट र सर्लाहीका
पुतलीबजार नगरपालिका–१ का श्यामप्रसाद श्रेष्ठले ६२ वर्षमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको जग्गाको मुआब्जा पाउनुभएको छ । बाजे शिवलाल श्रेष्ठले १९९५ मा पाटे दर्ता र २०२२ सालमा बुवा गुञ्जमान श्रेष्ठले भूमिसुधार ७ नम्बर फाराम भरेर भोगचलन गरेको श्रेष्ठ परिवारको २७८० नम्बर कित्ताको ५–१२–१–२ जग्गाको माग अनुसारको एक करोड रुपियाँ श्रेष्ठले पाउनुभएको हो । सर्वोच्च अदालतले मुआब्जा समितिको निर्णय अनुसार गरेको फैसलाको आठ वर्षमा गत कात्तिक २४ गतेको मन्त्रीपरिषद्ले निर्णय गरेपछि उहाँले मुआब्जा पाउनुभएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा लामो समयदेखि अलपत्र रहेको पूर्वपश्चिम हुलाकी सडकमा बल्ल कालोपत्रेको काम अघि बढेको छ । मलङ्गवाको मुख्य बजार क्षेत्र