नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ ।
जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ ।
११औँ किन्डर ओलम्पिक यही माघ ६ र १३ गते दशरथ रङ्गशालामा हुने भएको छ । अर्लि चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) को आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसपालि काठमाडौँ उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता रहनेछ ।
नेपाल कृषि प्रधान देश हो । यद्यपि खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमै उत्पादन वृद्धि गरी आयातलाई निर्यातमा परिणत गर्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेका छन् ।
ताप्लेजुङमा ट्राफिक प्रहरीले पछिल्लो छ महिनाको अवधिमा करिब चार लाख रुपियाँ राजस्व रकम असुल गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही तथा जरिवाना गरी उक्त राजस्व रकम असुल गरेको हो ।
प्रहरीले रसिया पठाउने भनी सात लाख ३० हजार लिई सम्पर्कविहीन बनेका २८ वर्षीय सरोज थापालाई पक्राउ गरेको छ ।
बुटवलमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार सुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
निरङ्कुशता हाबी भएको भन्दै राजविराजका वडा सदस्यहरूको सङ्घर्ष समितिले बिहीबार धर्ना दिएका छन् । बिहीबार ४ गतेदेखि ७ दिनसम्म नगरपालिका कार्यालयको परिसरमा एक घण्टे धर्ना कार्यक्रम गरेको हो ।
बङ्गलादेशमा फेब्रुअरी २ देखि ८ तारिखसम्म आयोजना हुने महिला साफ यु–१९ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माध्यमिक तहका केही सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।
१५ वर्षअघि निर्माण सुरु गरिएको झापाको कमल गाउँपालिका वडा नं. १ पाडाजुंगीस्थित आदिवासी रङ्गशाला निर्माणको कामलाई फेरी गति दिनका लागि प्रयास सुरु भएको छ ।
भारतको नयाँ वायुसेवा कम्पनी आकाश एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ ।
नेपालगन्जमा पहिलो पटक सञ्चालन हुन लागेको ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को पुरस्कार घोषणा गरिएको छ ।