दक्षिण अफ्रिकाका जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल आज न्युजिल्यान्डविरुद्ध खेलिरहेको छ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाल पहिला फिल्डिङ गरिरहेको छ ।
मधेश कृषि विश्वविद्यालयमा आइतबार जनमत पार्टीले ताला लगाएकाे छ ।
बाँकेको बैजनाथ गाउँपालिका-५ जिगाउँकी एक बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठेगाना भएका ३५ वर्षीय प्रेमबहादुर रावतलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।
इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन् ।
नवलपुरमा श्रीमानले कोदालो र खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षीय श्रीमान् शेरबहादुर लम्कामगरले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा मगरलाई सुतिरहेको अवस्थामा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशका ३४ पालिका योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो ।
तनहुँको म्याग्दे र आँबुरखैरेनी गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । सङ्घीय सरकारले सुरुवात गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाले उक्त कोषमा आबद्ध भएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने बताउनुभयो ।
बाँकेको डुडुवा गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न तथा बालविवाह न्यूनीकरणका लागि कन्या मुद्दती खाता योजना ल्याएको छ ।
असहाय, अशक्त तथा ज्येष्ठ नागरिकहरुको स्याहारसुसार र हेरचाह गरी आश्रय दिँदै आएको नेपालगन्जस्थित नीलसागर सेवाश्रमको निर्माणाधीन भवन रकम अभावका कारण अलपत्र बनेको छ ।
जुम्लाको सबैभन्दा ठूलो बृहत् धौलिगाड खानेपानी आयोजना तीव्र गतिमा अगाडि बढेको छ ।
काठमाडौँबाट कर्णाली घुम्न आएको एउटा टोली रारा जाने क्रममा गुराँसेमा रोकिए । सो टोलीको योजना गुराँसेमा बस्ने नभए पनि त्यहाँको रमणीय दृश्यहरु देखिन थालेपछि उनीहरुको प्रतिक्रिया थियो, आहा, कस्तो राम्रो ठाउँ । यस क्षेत्रलाई स्थानीय सरकार र नजिकै रहेको प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गरी अझै आनन्दको वातावरण बनाउन सकिन्छ होला ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सर्भिस लेनभित्र ‘साइकल लेन’ निर्माण गरेको छ ।