हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् । जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो ।
आगामी चैत २३ र २४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
शीतलहर बढेसँगै चिसोबाट बच्न रौतहटको नौ वटा स्थानीय तहले आ–आफ्नो पालिकामा दाउराको प्रबन्ध गरी आगो ताप्ने व्यवस्था मिलाएका छन् ।
पूर्वी नवलपरासीमा ६ महिने अवधिमा १२ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । साउनदेखि पुस मसान्तसम्मको पछिल्लो ६ महिनामा १२ हजार ८ सय ४७ सवारी कारबाहीमा परेका हुन् ।
जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर सङ्कलन भएको छ ।
जिल्लाको बुढीगङ्गा नगरपालिका-७ मा तालाबन्दी गरिएको छ । लामो समयमा पनि नगरबाट सचिव नपठाएको भन्दै यहाँका स्थानीयले वडापालिकामा तालाबन्दी गरेको हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आगामी दिनमा नर्सिङ तथा प्यारामेडिक्स विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पुस पहिलो हप्तासम्म पर्यटकले भरिभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचार-प्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ ।
लोपोन्मुख लाप्चा समुदायको बसोबास रहेको इलामको रोङ गाउँपालिका–६ मा कला–साहित्य महोत्सव आयोजना गरिने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको लगातार चौथो दिन आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ८८ दशमलव ०४ को बिन्दुमा सीमित भएको छ ।
सरकारले माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।
काठमाडौँका एक–दुई स्थानमा आज (बुधबार) छिटफुट वर्षा भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँका गोङ्गबु, चाबहिल, बालाजु र महाराजगन्जलगायतका स्थानमा छिटफुट वर्षा भएको हो ।
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक र तत्कालीन नायब महाप्रबन्धकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका ४ र ५ को बीच सिम्लेमा आँधीखोला तर्नकालागि बाँसबाट बनाइएको फड्के । हिउँदको समयमा स्थानीयहरु फड्केको सहारामा खोला तर्दै आएका छन्
धरान उपमहानगरपालिका-८ स्थित भोटेपुलमा हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।दुर्घटनामा धरान १५ बस्ने ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको हो ।