मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ का जङ्गबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ । एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै मकवानपुर जिल्ला अदालतबाट नौ वर्ष सात महिना १० दिन कैद सजाय तोकिएका तामाङलाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको हो ।
लगानी हब र नेक्सजेन म्यानेज्मेन्ट सोलुसन प्रालिबिच व्यवसाय प्रवर्द्धन तथा लगानी व्यवस्थापनका विषयमा सम्झौता भएको छ।
सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्न पहल गरेकोमा सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिएका छन् ।
नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो ।
हिमाली जिल्ला म्याग्दीका चार वटा स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
स्वस्थ जीवन प्रवद्र्धनका लागि सार्वजनिकस्थलमा स्थापना भएका खुला व्यायामशालाप्रति झापामा सर्वसाधारणको आकर्षण देखिएको छ ।
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कर्णाली प्रदेशमा वार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा वार्षिकरुपमा २३ हजार चार सय ३४ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो ।
मधेश प्रदेशका अधिकांश जिल्लामा स्वास्थ्य चुनौती बनेको हात्तीपाइले रोग निवारणका लागि महोत्तरीमा आम औषधी सेवन अभियान सञ्चालन गरिने भएको छ ।
शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगले सबै मतदातामा अपिल गरेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणा देउवाले बालबालिकाको पोषण कार्यक्रममा सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम र बजेटको तयारी थालेको छ।
आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा मुख्य भूमिकामा उहाँ नै हुनुहुन्छ । चलचित्र क्षेत्रमा स्थापित नाम बनिसक्नुभए तापनि उहाँ उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र निर्माणका लागि छ महिना कार्यशालामा बस्नुभएको थियो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।
शनिबार हुने इलाम– २ को उपनिर्वाचनका लागि तयारी पूरा भएको छ। अहिले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबै किसिमका तयारी गरिरहेका छन्।