चीनको कम्पनीले पृथ्वीराज मार्गको पोखरा–मुस्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा ‘प्रिकाष्ट प्रविधिबाट’ पुल निर्माण भइरहेको छ ।
दाङ जिल्लाको ५६ प्रतिशत घरपरिवारमा धाराको खानेपानीको पहुँच पुगेको छ । प्रदेश संरचना स्थापना हुँदा जिल्लामा पाइपबाट खानेपानीको पहुँच पुग्ने घरपरिवारको सङ्ख्या ३५ प्रतिशत थियो । अहिले उक्त सङ्ख्या बढेर ५६ प्रतिशत अर्थात् ८३ हजार ५९० घरपरिवार पाइपलाइन सञ्जालमा जोडिएका हुन् ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
‘ने’ नाम गरेका मुनिले पालन गरेको हुनाले यो देशको नाम नेपाल रहन गएको हो । त्रिकालदर्शी मुनिले पालन गरेको देश हरेक दृष्टिले उत्तम हुन्छ नै । त्यस्तै भगवान् यज्ञ वराहले हिरण्याक्षद्वारा पातालमा धसाइएकी पृथ्वीलाई उद्धार गरिसकेपछि वराह क्षेत्र धाममा आफू समाधिस्थ हुनुभएको हो । यिनै प्रमाणिक तथ्यका आधारमा हामीहरू नेपालका पवित्र स्थल पिण्डेश्वर चतराधामलाई कुम्भमेलाको जननी हो भनेर सहजै विश्वास गर्न सक्छौँ । यो एउटा अनुसन्धानको विषय पनि हो ।
इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।
हामी चेतनाका माध्यमबाट जीवनको गतिविधि अनुभव गर्छौं । चित्त चेतनाबाट प्रकाशमान हुन्छ । चित्त, बुद्धि र अहङ्कारको मुहान चेतना हो । चेतनाबाट चित्तको उत्पत्ति हुन्छ । चित्तबाट मन, बुद्धि र अहङ्कारको उत्पत्ति हुन्छ । चित्तमा तमोगुण, रजोगुण र सत्वगुण यी त्रिगुण हुन्छन् । यी तीनमध्ये एक सक्रिय र दुई निष्क्रिय हुन्छन् । तमोगुण सक्रिय भएको बेला सत्वगुण र रजोगुण निष्क्रिय हुन्छन् । रजोगुण सक्रिय भएको बेला तमोगुण र सत्वगुण निष्क्रिय हुन्छन् । सत्वगुण सक्रिय भएको बेला रजोगुण र तमोगुण निष्क्रिय हुन्छन् ।
भाषालाई संवाद वा सञ्चार माध्यमका रूपमा हेरिन्छ । अर्काको मनको भाव आफूले बुझ्ने र आफ्नो मनको भाव अरूलाई बुझाउने माध्यमका रूपमा यसलाई परिभाषित गरिन्छ । त्यति मात्रै होइन, यतिमै सीमित भएर आन्तरिक वा बाह्य भाषिक औपनिवेशीकरणलाई पनि वास्ता गरिँदैन । यसले कुनै पनि राज्यको शासक वर्ग– राष्ट्रको भाषा सकी नसकी सबैले पहिला सरकारी कामकाजका लागि र पछि शिक्षा, सञ्चारका साथै आमवाग्व्यापारको भाषाका रूपमा प्रयोग गर्ने बाध्यता सिर्जना हुन्छ । त्यसै गरी बाह्य औपनिवेशीकरणमा आव्रmमणकारी शासकको भाषा पनि यसरी नै उपनिवेशहरूमा फैलिने गर्दछन् ।
बझाङका (१ ) मा निर्धारित समय अनुसार आज बिहान ७ बजे मतदान सुरु भएको छ । उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताउनुभयो ।
केही समयअघि कपनकी एक महिला आफ्नो बैङ्क खाताको रकम हराएको भन्दै नेपाल प्रहरीमा निवेदन लिएर गएकी थिइन् । घटना अध्ययन गर्दै जाँदा उनले चलाउने सिमकार्ड श्रीमान्का नाममा भएकाले उनले नै निकालेर आफ्नो खाताको रकम चोरी गरेको देखियो । खास गरी पछिलो समय दम्पतीको सम्बन्ध बिग्रिएको र पत्नीले पतिका नामको सिमकार्ड प्रयोग गर्दा यो घटना भएको देखिन्छ ।
ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैङ्क शुक्रबारदेखि स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ । राष्ट्र बैङ्कले शुक्रबार राजधानीमा आयोजना गरेको ६९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैङ्किङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको बताउनुभयो ।
चलचित्र विकास बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन माग गरेको छ । बोर्डको २४ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा पुरस्कार प्रदान गर्दै छ । बोर्डले पुरस्कारका लागि वैशाख २१ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । राष्ट्रिय चलचित्र पुरस्कारका लागि २०८० वैशाख १ गतेदेखि २०८० चैत मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रले आवेदन दिन सक्ने जनाइएको छ । विशेष चलचित्रका लागि २०८० वैशाख १ गतेदेखि चैत मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रले आवेदन दिन सक्ने छन् ।
षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । ‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि महाजात्रा चलचित्र ५१ औँ दिनको यात्रामा अघि बढिरहेको छ । प्रदर्शनको पाचौँ साता पार गर्दा पनि उल्लेख्य सोसहित फिल्म प्रदर्शन भइरहेको छ । लेखक तथा निर्देशक प्रदीप भट्टराई निर्देशित अघिल्ला चलचित्रझैँ यसले पनि ५१ औँ दिनको यात्रा तय गर्ने देखिएको छ । निर्देशक भट्टराईले स्वदेशसँगै विदेशका दर्शकले चलचित्रलाई मन पराउनु सबैभन्दा ठुलो सफलता रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालपछिको दोस्रो ठुलो बजार मानिने अस्ट्रेलियाको सिड्नीमा मात्र फिल्मको ३५ सो भइसकेको छ ।
मगर जातिको कला संस्कृति संरक्षणको उद्देश्यसहित पुर्ख्यौली नाचका रूपमा रहेको मारुनी प्रतियोगिता आयोजना गरिएको छ । अन्नपूर्ण गाउँपालिकाद्वारा बिहीबारदेखि आयोजित सो प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा आयोजित प्रतियोगितामा गाउँपालिकाका १२ समूहले भाग लिएका छन् । प्रतियोगितामा पहिलो हुनेलाई एक लाख, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ६० हजार रुपियाँ प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट मादले नाच, मारुनी नाच, हाइमार्ने समूह, भाका तथा शब्द छनोट, पोसाक, अनुशासन जस्ता विधामा पुरस्कृत गरिने छ ।
चैत शुक्ल पूर्णिमाको दुई दिनपछि द्वितीयाको दिन भैरवी मन्दिरमा लाग्ने सिन्दूरे जात्रा सम्पन्न भएको छ । चैत शुक्ल पूर्णिमाको दिन साततले दरबार राष्ट्रिय सङ्ग्र्रहालयसँगै रहेको भैरवी मन्दिरबाट जालपादेवी मन्दिरमा गएको धामीधमिनी र भैरवीको रथलाई भैरवी मन्दिरमा ल्याइएपछि हर्षबढाइँसाथ सिन्दूर घसेर रमाइलो गर्दै जात्रा सम्पन्न गरिन्छ ।