प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई सातादेखिको तीव्र लडाइँका कारण पाँच लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्त्व दिएर बढाउने नीति अपनाएको बताउनुभएको छ ।
मोरक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।
“मेरो सहारा ढल्यो, संसार ढलेजस्तै महसुस भइरहेको छ”, जेनजी आन्दोलनका क्रममा शहीद हुनुभएका अभिषेक चौलागाईका बाबु दिनेश चौलागाईले भारी मनले आफ्नो भावना पोख्नुभयो ।
स्लोभेनियामा करिब एक तिहाइ नागरिकले सामाजिक सञ्जालमा सक्रिय प्रचारात्मक प्रभावशाली व्यक्तिलाई नियमितरूपमा पछ्याउने गरेको पाइएको छ ।
अतिनै जोखिमपूर्ण यात्रामा रहेका ५२५ जना महिला र युवतीहरूको यहाँस्थित नेपाल भारत सीमाको जमुनाहा नाकाबाट उद्धार गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ठ संवाद गर्नुपर्ने बताउनुभएको छ ।
गुल्मीको सदरमुकाम तम्घासको निकै व्यस्त देखिने सहिद चोकस्थित कल्भर्टको पुन: निर्माण गर्न थालिएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार वृद्धि भइरहेको सुन सोमबार र हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो ।
गोरखा नगरपालिका–६ स्थित बालमन्दिर माविका २१० जना विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको छ ।
नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम लैजाने क्रम जारी छ । फारम विभिन्न तीन ठाउँबाट वितरण भइरहेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताउनुभएको छ ।
इलामको सूर्योदय नगरपालिकाका दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । लामो समय लगाएर नगरपालिकाले सबै प्रक्रिया पुरा गरी सूर्योदय वडा ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गर्नुभएको छ ।