• २९ मङ्सिर २०८२, सोमबार

बालमन्दिर माविका विद्यार्थीलाई न्यानो पोशाक वितरण

blog

गोरखा नगरपालिका–६ को बालमन्दिर माविमा विद्यार्थीलाई न्यानो पोशाक वितरण गर्दै रोटरी क्लब कुपोण्डलका प्रतिनिधीहरू ।

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर २९ गते । गोरखा नगरपालिका–६ स्थित बालमन्दिर माविका २१० जना विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको छ । रोटरी क्लब अफ कुपण्डोल ललितपुरले सोमबार बालमन्दिर माबिका इसिडी देखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई न्यानो पोशाक वितरण गरेको हो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा रोटरी क्लबका कुपण्डोलका अध्यक्ष नारायण पाण्डे, पूर्व अध्यक्ष हरिराम कोइराला, लगायतको उपस्थितीमा टिर्सट, कापी र ट्रयाकसुट वितरण गरिएको विद्यालयले जनाएको छ । 

गोरखा सदरमुकाम नजिक भएता पनि बाल मन्दिर माविमा आर्थिक अवस्था कमजोर र अपाङ्गता, अशक्त विद्यार्थी धेरै भएकाले सामाजिक सङ्घसंस्थाको सहयोगले विद्यार्थीलाई निकै राहात पुगेको विद्यालयका प्राधानध्यापक भार्गभबाबु पाण्डेले जानकारी दिनुभयो ।  

बालमान्दिर माविमा विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्यले सहयोग सामग्री वितरण गरिएको रोटरी क्लबले जनाएको छ । रोटरी क्लब अफ कुपण्डोलले शिक्षा क्षेत्रमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बताउँदै आगमी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लबका अध्यक्ष नारायण पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, विद्यालयका प्राधानाध्याक भार्गवबाबु पाण्डेले विद्यार्थीमा दिइने सहयोगले विद्यार्थीको मनाबेल बढ्ने र नियमित पठनपाठनमा सकारात्मक प्रभाव पर्ने स्पष्ट पार्नुभयो । 

सहयोग सामग्री पाएपछि विद्यार्थी उत्साहित देखिन्थे । अभिभावकले पनि सहयोग प्रति आभार व्यक्त गर्दै यास्ता सामाजिक संस्थाको सक्रियाताले विपन्न विद्यार्थीको भविष्य उज्यालो हुने बताएका छन् । 

रोटरी क्लब कुपोण्डलका प्रतिनिधी महेन्द्रजङ्ग शिवाकोटी, सुनिता पाण्डे, करुण शिवाकोटी, राधा कोइराला, रिता देवकोटा, गोरखा नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशी र रोटरी क्लब अफ गोरखाका अध्यक्ष रामस्वरूप श्रेष्ठ लगाएतका सहभागिता रहेको थियो ।