इलाम निर्वाचन क्षेत्र नं. २ का मतदानस्थलमा उच्च सुरक्षा अधिकारीको टोलीले निरीक्षण गरेको छ । उपनिर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन इलाम २ का मतदान केन्द्रमा केन्द्रमा उच्च सुरक्षा निकायको संयुक्त टोलीले अनुगमन तथा निरीक्षण गरेको हो ।
नेपाली कांग्रेस, सुनसरी–१ क्षेत्रीय समितिले धरानको पवित्र ऐतिहासिक धार्मिक स्थल पिण्डेश्वर बाबाधाम परिसरमा राखेको एक महिने निःशुल्क हेल्थ डेस्कमा २९ सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।
वनमा लागेको डढेलो गाउँ पस्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका –९ सल्लेका ६ वटा घर र ६ वटा मतान जलेर नष्ट भएको छ ।
रुसी सेनामा भर्ती भएका नौ जना युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावकलगायतका परिवार चिन्तामा परेका हुन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित अलपत्र खानेपानी आयोजना सञ्चालनमा आउने भएको छ ।
कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्यधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ । औसत तापक्रम ३९–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।
गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङको कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन भएको छ । मन्दिरमा बडादसैँको र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१०, घर भएका ४५ वर्षीय सन्तोष राउतको छतबाट खसेर मृत्यु भएको हो ।
बागमती प्रदेशमा थप १७ जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखको १३ गते बिहीबारसम्म चितवनमा ११ र मकवानपुरमा ६ जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सहिद लखन गाउँपालिका-८ बुङ्कोटमा सञ्चालित बुङ्कोट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ ।
इलाम निर्वाचन क्षेत्र –२ मा ३० प्रतिशत मत खसेको छ । दिउसो १२ : २० सम्म ३७ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निः शुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य छन् ।
शुक्लाफाँटा नगरपालिका-८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्रमा प्रवेश रोक लगाइएको छ ।
बाँके जिल्लाको कोहलपुर नगरपालिका ६ रझेनामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा आज बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा बिहान ११ बजेसम्म १५ प्रतिशत मतदाताले मतदान गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।