कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा उपयोग गर्नेको सङ्ख्या वृद्धि हुन सकेको छैन । पछिल्ला तीन आर्थिक वर्षका तथ्याङ्कका अनुसार निः शुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी नहुँदा सेवाग्राहीको सङ्ख्या वृद्धि हुन नसकेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशनमा गुल्मी जिल्लाबाट आठ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिनुभएको छ। उपाध्यक्ष पदका लागि गोकर्ण बिष्टले उम्मेदवारी दर्ता गराउनुभएको हो।
यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ ।
जुम्लाको तातोपानी गाउँपालिका–२ र ३ का ग्रामीण बजारमा अनुगमन गरिएको छ । तातोपानी–२ को जर्मी गाउँ रहेको बजार र वडा नम्बर ३ को लिताकोट बजारमा सोमबार अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारका विभिन्न पसल तथा उद्योगहरुको अनुमगन गरको छ ।
दस करोडको कोष बनाउने उद्देश्यले सञ्चालित महायज्ञबाट मानवसेवा आश्रमलाई आठ करोडभन्दा बढी बचत भएको छ ।
लोकतान्त्रिक प्रणालीमा जनादेश प्राप्त गर्ने मुख्य माध्यम नै आवधिक निर्वाचन हो । यसलाई लोकतान्त्रिक प्रणालीको सुन्दर पक्ष भन्ने गरिन्छ । आफूले छानेका प्रतिनिधिले कानुन निर्माण तथा शासन गर्ने भएर पनि आवधिक निर्वाचनलाई लोकतन्त्रको सुन्दर पक्ष भनेको हुनु पर्छ । लोकतान्त्रिक प्रणालीमा कतिपय निर्वाचन समयतालिकाका आधारमा आउँछन् भने कतिपय अप्रत्याशित । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन नियमित कार्यतालिकामा हुने निर्वाचन होइन । यो अप्रत्याशित हो । गत भदौ २३ र २४ गते भएको नवपुस्ता अर्थात् जेनजी विद्रोहले तत्कालीन केपी ओलीको सरकार विस्थापन ग¥यो । नयाँ
नेपालको संविधानको प्रस्तावनामा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको देशका रूपमा परिभाषित गरिएको छ । यो यथार्थतालाई आत्मसात् नगर्दा विगतमा जाति, भाषा, वर्ग, क्षेत्र, धर्म, संस्कृति र लिङ्गका आधारमा नेपाली नेपालीबिच ठुलो विभेद गरियो । वास्तवमा यी विभेद र उत्पीडन सामन्ती, निरङ्कुश र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेको थियो । यिनीहरूबाट मुलुकलाई
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बन्यजन्तुपीडित कृषकलाई आर्थिक सहायता प्रदान गरिएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन होला त ? आजभोलि धेरै जसोले सोधिहाल्ने प्रश्न हो । निर्वाचनका लागि तोकिएको मितिमा निर्वाचन होला भनेर ठोकुवा गरिहाल्न र हुँदै नहोला भनेर भनिहाल्न सकिने अवस्था छैन । त्यसैले धेरै मानिस अन्योलमा देखिन्छन् । कतिपय चाहिँ आआफ्ना अनुमान बताइरहेका हुन्छन् । कोही कोही ‘कहाँ हुन्छ निर्वाचन’ भनिरहेका भेटिन्छन् भने कतिपय चाहिँ ‘निर्वाचन नभएर सुखै छैन नि’ भन्ने मत राखिरहेको सुनिन्छ ।
शिक्षालाई विभिन्न विद्वान्ले फरक फरक तरिकाले अथ्र्याएका छन् । सभ्यताको विकाससँगै मानिसले सुखी र सम्पन्न जीवनको आधार शिक्षा मान्दै आएको पाइन्छ । मानव जीवनमा शिक्षा आर्जनको न आदि हुन्छ, न त अन्त्य नै । शिक्षा जीवन
काठमाडौँ महानगरपालिका–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले रचना गर्नुभएको नेपाल भाषाको गीत ‘यो ख्यालि जुजु...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले विभिन्न साहित्य सर्जक र सामाजिक संस्थालाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । कवि दैवज्ञराज न्यौपानेको ८४ औँ जन्मजयन्ती र १४ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले तीन स्रष्टा र एक सामाजिक संस्थालाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान, दैवज्ञ साहित्य पुरस्कार, दैवज्ञ बालसाहित्य पुरस्कार र दैवज्ञ समाज सेवा पुरस्कार प्रदान गरिएको हो ।
पछिल्लो समयमा पुस्तान्तरण नहुँदा पैँसरीनाच लोप हुने अवस्थामा पुगेको छ । लहरै लागेर नाचिने पैँसरीनाच संरक्षणमा सरकारले चासो नदिएपछि यो नाच पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको हो । विभिन्न कार्यव्रmम, चाडपर्व, विवाह व्रतबन्धमा गाउँघरमा नाचिँदै आएको यो नाच पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । नाचले मनोरञ्जन मात्र हैन सामाजिक एकता र मेलमिलाप बोकेको हुन्छ । नारायण नगरपालिका–११, का टङ्कबहादुर वि