आकासे वर्षा नहुँदा चैते धान सुक्न थालेको छ । चैते धान रोपेदेखि पानी नपर्दा खेतमा धाँजा फाटेको छ । यो वर्ष जिल्लामा चैते धान खेती विस्तार भएको अवस्थामा सुरुमै खडेरीले प्रभाव पारेको लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले बताउनुभयो । यो वर्ष दोब्बर बढी क्षेत्रफलमा चैते धान रोपिएकोमा आकासे वर्षा नहुँदा बाली प्रभावित बनेको उहाँले बताउनुभयो । पौडेलले वर्षा नहुँदा पानीको तह नै कम भएर स्यालो ट्युबेलमा समेत पानी आउन छाडेकाले चैते धानलाई सिँचाइको समस्या भएको उहाँले बताउनुभयो ।
मुलुकको कुल निर्यातभन्दा झन्डै दोब्बर रुपियाँ बराबरको पेट्रोलियम पदार्थ मात्र आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) महिनामा नेपालबाट एक खर्ब १३ अर्ब रुपियाँको निर्यात हुँदा झन्डै दोब्बर रकम दुई खर्ब १० अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ । नौ महिनामा निर्यात तीन प्रतिशतले घटेर एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँमा झरेको छ । नौ महिनामा पेट्रोलियम पदार्थको पेट्रोलियम पदार्थको आयात गत वर्षको तुलनामा घटे पनि कुल निर्यातको तुलनामा झन्डै दोब्बर रहँदै आएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शनिबार विभिन्न कार्यक्रम गरी २८ औँ राष्ट्रिय चिया दिवस मनाएको छ । नेपाल चियामा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने मुलुकमा पर्छ तर विडम्बना सरकारसँग गुणस्तर परीक्षणका लागि आफ्नो प्रयोगशाला (ल्याब) छैन । प्रयोगशाला स्थापनाका लागि बोर्डले प्रयास नगरेको होइन तर हालसम्म त्यो प्रयास सफल नभएको बोर्डका निमित्त प्रमुख दीपक खनालले बताउनुभयो । यद्यपि आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय मापदण्डको चिया तथा कफी परीक्षणका लागि (प्रयोगशाला) ल्याब स्थापना गर्ने सम्भावना देखिएको उहाँले बताउनुभयो ।
सात वर्षमा दुर्गम क्षेत्रबाट ६७८ गर्भवती तथा सुत्केरीलाई उद्धार गरिएको छ । यसरी उद्धार गर्दा १५ करोड ९७ लाख ५७ हजार ४६१ रुपियाँ खर्च भएको छ । सो रकम हेलिकोप्टर प्रयोग गर्दा खर्च भएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट आर्थिक वर्ष २०७५/७६ देखि यही वैशाख ६ गतेसम्म सो रकम खर्च भएको हो । मन्त्रालयको राष्ट्रपति महिला उत्थान समन्वय एकाइका प्रमुख निता शर्माले दुर्गम क्षेत्रबाट गर्भवती तथा सुत्केरी उद्धार कार्यक्रम १९ जिल्लामा पूर्ण रूपमा र २९ जिल्लामा आंशिक रूपमा लागु भएको जानकारी दिनुभयो ।
बागमती प्रदेशभित्र रहेका विभिन्न औषधीय वनस्पतिमा एघार हजार २४० सक्रिय रसायन पत्ता लागेको छ । एक हजार ७७७ वटा औषधीय वनस्पतिमा गरिएको अनुसन्धानबाट विभिन्न रोगको उपचारमा काम लाग्न सक्ने ती रसायन पत्ता लागेको हो । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको युवा वैज्ञानिक प्रोत्साहन कोषको अनुदानमा बागमती प्रदेशभित्र रहेका जडीबुटीमा गरिएको जैविक रसायन डाटाबेस अध्ययनमा ती रसायन पत्ता लागेका हुन् ।
सरकारले वैशाख १६ गते सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जानकारी दिनुभयो ।
पुस्तौँदेखि भोगचलन गर्दै आएको घरजग्गा दलित समुदायकै नाममा नामसारी गरिने भएको छ । नामसारी गर्दा लाग्ने खर्च पालिकाले नै बेहोरिदिने भएको छ । जग्गाधनीले आफ्नो जग्गा दलित समुदायलाई हस्तान्तरण गर्न तयार भएका छन् । दलित समुदायले पुस्तौँदेखि भोगचलन गर्दै आएको सिङ्गो गाउँकै लालपुर्जा गैरदलितका नाममा रहँदा विद्युत् मिटर जडान, जनता आवासको कार्यक्रमलगायतका सुविधाबाट दलित समुदाय वञ्चित थिए ।
पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा सडकखण्डमा यात्रुबाहक बस शनिबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।
इलाम निर्वाचन क्षेत्र २ को मतगणना आज ११ बजेदेखि हुनेभएको छ । निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइ पुगेकाे र सर्वदलिय बैठकको निर्णय बसेर मतगणना ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
सुनसरी हरिनगर गाउँपालिका २ साविक रामनगर भुटाहा ७ मा आगलागी हुदाँ ६ परिवारका १० घर जलेर नष्ट भएको छ ।
पाल्पामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी ५ बजेतिर तिनाउ –२, सिसखोला नजिकै टिप्परको ठक्करबाट रैनादेवी छहरा –७, जुठापौवाका ४५ वर्षीय जगबहादुर बलालको मृत्यु भएको हो ।
नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको विश्वास जित्न सफल भएकै कारण देशको पहिलो पार्टी भएर एमाले यहाँसम्म आएको बताउनुभएको छ ।
शनिबार इलाम र बझाङ् जिल्लाको उपनिर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
शनिबार बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ )को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनमा ४९. १२ अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन्।
सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ ।