दैलेखको आठबिस नगरपालिका–३ का तपेन्द्र शाहीले ट्रकमा भेटिएकी राउटे युवतीसँग अनुमतिबिना भिडियो खिचेर गत जेठमा टिकटकमा अपलोड गरे । भिडियो टिकटकबाट फेसबुकमा समेत फैलिँदै जाँदा ती युवतीको गोपनीयता र आत्मसम्मानमा गम्भीर असर परेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी प¥यो । उजुरीपछि सुर्खेत प्रहरीले शाहीलाई पक्राउ गरी विद्युतीय कारोबारसम्बन्धी (साइबर क्राइम) मुद्दामा अनुसन्धान अघि बढाएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मनाङमा मङ्सिर महिनामा जाडो र चिसो मौसमका बाबजुद उल्लेख्य सङ्ख्यामा पर्यटकको आगमन भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । नगरवासीले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवा उपमहानगरपालिकाले सुरु गरेको थियो ।
दाङमा एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरिएको छ । जिल्लामा एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउँदै नागरिकको सहजताका लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको हो ।
भौतिक संरचनामा भएको क्षतिका कारण झन्डै तीन महिनादेखि अन्योल सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस पहिलो साता बस्ने भएको छ । सभा हल मर्मतको कार्य केही दिनभित्रै पूरा गरेर पुस पहिलो सातामै प्रदेश सभाको बैठक बसाउने तयारी गर्न लागिएको हो । सभा हल मर्मतको कार्य तीन÷चार दिनभित्रै सकिने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले मर्मत कार्य सकेर छ/सात दिनभित्रै प्रदेश सभाको बैठक बसाउने तयारी रहेको उल्लेख गर्नुभयो ।
अत्यन्त विषालु रसेल भाइपर (बाघे) सर्प कैलालीमा फेरि भेटिएको छ । टीकापुर नगरपालिका–७ स्थित बैदीमा फेरि रसेल भाइपर सर्प भेटिएको हो । स्थानीय गङ्गाराम जैसीको घरबारीमा सोमबार रसेल भाइपर सर्प भेटिएको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले यो वर्ष मात्रै बैदीमा चार वटा रसेल भाइपर भेटिसकेको बताउनुभयो । ढुङ्गानाले भन्नुभयो, “यसअघि तीन वटा रसेल भाइपर भेटिएका थिए । अहिले चिसो भएका बेला पनि यो अत्यन्त विषालु सर्प यहाँ देखा परिरहेकाले सचेत रहन आवश्यक छ ।”
जाजरकोटको छेडागाड नगरपालिकामा २ वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले बालमैत्रि वडा घोषणका लागि निर्धारण गरेका सवै सूचकहरु पूरा भएपछि विशेष सभाको आयोजना गरेर छेडागाड नगरपालिकाका वडा नं १२ र १३ लाइ बालमैत्री वडा घोषणा गरिएको हो ।
१२० वर्ष अघिको गोर्खापत्र
नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ ।
स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो ।
मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।
यहाँको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानलाई बालविवाहमुक्त र सतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको छ ।
लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो ।