गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई संघीय ऐनमानै जन्मकैदको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।
इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको बताइएको छ ।
दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको पाइएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताउनुभएको छ ।
आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबिच पार्टी एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबिच आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ ।
इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ ।
पत्रकार निशा राईलाई धरान खेलकुद मञ्च मिडिया अवार्ड २०८०’ द्वारा सम्मान गरिएको छ ।
इलाम–२ मा शनिबार प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको समय सक्किएको छ । अहिले मतदान स्थल भित्र प्रवेश गरेका मतदाताले मत खसाल्ने कार्य अन्तिम चरणमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनसँग जोड्न चाहेको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि अझै चुनौती रहेको बताउनुभएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वराहक्षेत्र देवभूमि, पून्यभूमि, तपोभूमि र ज्ञानभूमि भएको बताउनुभएको छ ।
२०औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ । जापान वाटाको आयोजनामा भइरहेको सो प्रतियोगितामा टार्जन कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा कांस्य पदक जित्नुभएको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिकामा अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
इलाम निर्वाचन क्षेत्र-२ मा ५५ प्रतिशत मत खसेको छ। साँझ ४:३० बजेको तथ्याङ्क अनुसार ६४ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो।
झापा नगरपालिका–१ स्थित कनकाई नगरपालिकाको कार्यालय अगाडि रहेको कृष्णहरि मार्गमा ओली परिवारले २ करोड ५० लाख रुपियाँ बराबरको ५ कठ्ठा जमिन दान गर्नुभएको छ ।