बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा दिउँसो भएपछि मतदान गर्नेको सङ्ख्या बढेको छ । बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान भएको सो क्षेत्रमा दिउँसो १ः३० बजेसम्म ३७ प्रतिशत मतदान भएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लगानी सम्मेलनबाट अपेक्षाकृत उपलब्धि हासिल गर्न लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन नदिन सरकार सजग हुनुपर्ने बताउनुभएको छ ।
मोरङको रङ्गेली–३ स्थित बाबुसाहेव टोलको सन्थाल बस्तीका अग्निपीडितलाई नगरपालिकाले घर निर्माण गरिदिने भएको छ । बाबुसाहेव टोलमा गत चैत ३ गते आगलागी हुँदा टोलका २३ घर जलेर नष्ट भएका थिए ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले मटिहानीको आगलागीपीडितहरूको अवस्था तथा राहतको बारेमा जानकारी लिनुभएको छ ।
लामो समयसम्म पानी नपरेपछि नवलपुर कावासोतीका स्थानीयले सामूहिक पूजा गरेका छन् । जिल्लाको कावासोती नगरपालिका ३ मा सामूहिक रूपमा संसारीमाईको पूजा गरिएको हो ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका-२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन् ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, धर्मपुरमा शनिबार बिहान मकै बारीमा एक युवक मृत फेला परेका छन् । सोही ठाउँका सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकै बारीमा मृत फेला परेका हुन् ।
कालिगण्डकी कोरिडोरमा सञ्चालित होटल व्यवसायीहरूको सीप र दक्षता अभिवृद्धि गरी स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका लागि सहयोग पुर्याउन तालिमको आयोजना गरिएको छ ।
नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ । यो पृथ्वीको जलचक्र बुझ्न र यसको ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न महत्त्वपूर्ण जानकारी हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) का प्रमुख थोमस बाखले छदेखि आठ प्यालेस्टिनी खेलाडीले पेरिस ओलम्पिकमा भाग लिने अपेक्षा गरिएको बताउनुभएको छ । उहाँका अनुसार खेलका लागि छनोट हुन अयोग्य भए पनि केहीलाई आइओसीले आमन्त्रण गर्नेछ ।
इलाम निर्वाचन क्षेत्र–२ मा ४२ प्रतिशत मत खसेको छ । दिउँसो डेढ बजेसम्म अनुसार ४९ हजार मत खसेको हो ।
रामेछाप सदरमुकाम मन्थलीमा पशु वधशाला व्यवस्थित नहुँदा उपभोक्ता अस्वस्थकर मासु उपभोग गर्न बाध्य छन् । सदरमुकाममा २० वटा मासु पसल छन् ।
गुल्मीको इस्मा गाउँपालिकाका अग्निपीडितको सहयोगका लागि रेसुङ्गा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आगलागी भएको स्थानमा पुगेर इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्कालाई दुई लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
रुपन्देहीमा आगलागीबाट अहिलेसम्म डेढ सयभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीयका घरसँगै ६ करोड बढीको आर्थिक नोक्सानी भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।