नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
निर्वाचन आयोगले लगातार तीन वर्ष र सोभन्दा बढी समयसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने सात दललाई ‘खारेज किन नगर्ने’ स्पष्टीकरण मागेको छ । दुई वटा दलले लगातार चार वर्षसम्म र पाँच वटा दलले तीन वर्षको लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् ।
गोरखापत्र दैनिकको सहप्रकाशन अङ्ग्रेजी दैनिक ‘दी राइजिङ नेपाल’ ६१ औँ वर्षमा प्रवेश गरेको छ । २०२२ पुस १ गते बिहीबारदेखि प्रकाशन आरम्भ भएको ‘दी राइजिङ नेपाल’ पहिलो ब्रोडसिट अङ्ग्रेजी राष्ट्रिय दैनिकका रूपमा निरन्तर प्रकाशित हुँदै आएको छ । ‘दी राइजिङ नेपाल’ वार्षिकोत्सवका अवसरमा गोरखापत्र संस्थानले विविध कार्यक्रम आयोजना गरिरहेको छ । दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतमले प्रकाशन सामग्रीलाई विश्वसनीय, समयसापेक्ष र प्रतिस्पर्धी बनाउने गरी विषयवस्तुको चयन र साजसज्जालाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ।
गोरखापत्र संस्थानको आयोजनामा आगामी बिहीबार ‘गोरखापत्र डिस्कोर्स’ आयोजना हुने भएको छ । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित संस्थानले पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गर्न लागेको हो । ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स’ नाममा आयोजना हुने यो कार्यक्रम ललितपुरको पुल्चोकस्थित दी प्लाजामा सञ्चालन हुने छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि परेका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ।
समावेशी, जलवायु अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको नेपालको यात्रालाई अघि बढाउन सरोकारवालाबिच सहकार्यको आवश्यकता औँल्याइएको छ ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपियाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपियाँ मूल्य बढेको छ ।
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६ औँ सञ्चालक परिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानको अध्यक्ष सुशीला कार्कीले उदघाटन गर्नुभएको बैठक आज सम्पन्न भएको हो । बैठकले प्रतिष्ठानको महत्वपूर्ण नीति, कार्यक्रमबारे निर्णय गरेको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले यो नागरिक स्तरबाट बनेको गैर–दलीय सरकार भएकाले सम्पूर्ण सुरक्षा सङ्गठन र निजामती प्रशासनले पनि आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गरिदिन आग्रह गर्नु भएको छ।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ ।
सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।