गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकामा रहेको रामग्राम स्तूप विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन अनुसार बुद्धको धातुको सान्निध्यमा गरिने आध्यात्मिक अभ्यासको विशेष महत्व रहने विश्वासका कारण विश्वका विभिन्न देशबाट बौद्ध तीर्थयात्री तथा पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्दै गएको हो ।
आँधीखोला गाउँपालिका–३ को नमुना क्लब पाख्रीबोटले न्यानो कपडा वितरण गरेको छ ।
तरलता पर्याप्त रहे पनि कर्जा विस्तार सुस्त रहँदा वाणिज्य बैङ्कले निक्षेपको ब्याजदर थप घटाएका छन् । पुसका लागि व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैङ्कको अधिकतम औसत ब्याजदर पाँच प्रतिशत विन्दुभन्दा तल झरेको छ ।
कोशी प्रदेश सरकारले निकै तामझामका साथ ‘कोशी पर्यटन वर्ष २०८२’ लाई लक्षित गर्दै सुरु गरेको भारतीय गाडीमा ‘सुरक्षा जाँच स्टिकर’ टाँस्ने अभियान रोकिएको छ । ठाउँ ठाउँमा हुने चेकजाँचको झन्झट हटाएर निर्बाध आवागमन गर्न सक्ने उद्देश्यले सुरु गरेको स्टिकर अभियान तीन महिना पूरा नहुँदै रोकिएको हो । यो अभियानले निरन्तरता नपाउँदा ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर छापेका स्टिकर उपयोगविहीन छन् भने पर्यटकले पाउने सास्ती उस्तै छ ।
गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँ बालमैत्री स्थानीय शासनयुक्त र पूर्ण सरसफाइयुक्त वडा घोषणा भएको छ । गत असारमा गुल्मीकै पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको थियो ।
मुक्त कम्लहरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा बाँकेकी सुमिता चौधरी निर्वाचित हुनुभएको छ । सोमबार रातिसम्म सम्पन्न मतदानमा सुमिताले २०९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
कोभिडपछिको सुस्तता र पछिल्ला वर्षका बहुआयामिक दबाबबिच बिस्तारै गति लिँदै गएको मुलुकको अर्थतन्त्रमा स्थिरताको सङ्केत देखिन थालेको छ । मुद्रास्फीति नियन्त्रण, बाह्य क्षेत्रको सन्तुलन र बैङ्किङ प्रणाली तरलता सहज बन्दै जानुका कारण देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढ्दै गएको देखिएको छ ।
सरकारले गर्ने स्थलगत अनुगमनमा साना तथा मझौला खाद्य किराना व्यापारी बढी जरिबाना र कारबाहीमा पर्ने पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने अनुगमनको निसानामा साना खाद्य तथा किराना व्यवसायी पर्ने गरेका हुन् । विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर २६ सम्म ३११ वटा व्यावसायिक फर्म कारबाहीमा परेकोमा ८० वटा खाद्य तथा किराना पसल २४ लाख ५२ हजार रुपियाँ जरिबानामा परेका छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । यहि पुस ८ र ९ गते चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरस्थित उदय माध्यमिक विद्यालय र चक्रेश्वर इङ्गलिश बोर्डिङ्ग स्कुलमा प्रतियोगिता सञ्चालन गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्माले जानकारी दिनुभयो ।
नेपाल र दक्षिण कोरियाबिच ऊर्जा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पान नेपालले आयोजना गरेको ऊर्जा क्षेत्रमा कोरिया–नेपाल सहकार्य विस्तारसम्बन्धी छलफलमा पाँच दशक लामो दुई देशबिचको कूटनीतिक सम्बन्धलाई ऊर्जा सहकार्यका क्षेत्रमा थप घनीभूत बनाउन आवश्यक रहेको औँल्याइएको हो ।
भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न गठित आयोगले सुरक्षा निकायका प्रमुखसँग सोधपुछ गरेको छ । आयोगले नेपाली सेनाका प्रधान सेनापति अशोक सिग्देल र उच्च सैनिका अधिकारीसँग सोधपुछ गरेको हो । जेनजी आन्दोलनमा भएका जनधनको क्षति र सुरक्षा निकायको भूमिका केन्द्रित रहेर आयोगले सैनिक अधिकारीसँग सोधपुछ गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुनेगरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ ।
नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।