मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ नेपाल सरकारको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन हुँदैछ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो नहुने बताउनुभएको छ । यसले दीर्घकालीनरुपमा प्रभाव पार्ने उहाँको भनाइ छ ।
कप्तान पौडेलले २७ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गर्नुभएको हो। उहाँले दुई छक्का र सात चौका प्रहार गर्नुभएको छ।
बझाङ क्षेत्र नम्बर १ (क) मा दिउँसो २:३० बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले दिउँसो सो समयसम्म २६ हजार १९६ मत खसेको बताउनुभयो ।
आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् ।
म्याग्दीको सदरमुकाम बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी सङ्ख्या घटेपछि २५ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ ।
अहिले भइरहेको इलाम –२ को उपनिर्वाचनमा अहिले सम्म ५१ प्रतिशत मत खसेको छ । बिहान प्रायः सबै मतदान केन्द्रहरूमा मतदाताको चाप कम भए पनि दिउँसो मतदाताको चहलपहल बढेको छ ।
सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको गहन समीक्षा गर्नुपर्ने देख्छु । यसअघिका सम्मेलनमा भएका प्रयास, प्रतिबद्धता, कार्यान्वयन के-कस्ता रहे भन्ने विश्लेषण गरिनुपर्छ ।
पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताउनुभएको छ ।
लहान नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नम्बर ९, १०, ११, १३ र १४ वडाका पाँच सयभन्दा बढी किसानहरूले उचित क्षतिपूर्ति (मुअब्जा) नपाएको गुनासो गरेका छन् । ढल्केबर दुहबी विद्युतीय प्रसारण परियोजनाको विद्युतीय तार तान्ने क्रममा यस्तो गुनासो गरेका छन् ।
टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको चुनौती दिएको छ।
बाँकेको खजुरा गाउँपालिकामा व्यवसाय दर्ता तथा नवीकरण अभियान २०८१ सुरु भएको छ ।
समाज सेवामा अग्रणी स्थान बनाउन सफल रहेको लायन्स अन्तर्राष्ट्रिय डिस्टिक ३२५ एनको दोस्रो राष्ट्रिय सम्मेलन नेपालगन्जमा शनिबार सुरु भएको छ ।
अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँले निर्देशन गर्नुभएको चर्चित नाटक हो ‘डिग्री माइला’ । त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रूपमा प्रदर्शनरत छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले शुक्रबार आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी चुनौतीलाई सम्बोधन गर्न लगनशील भई आर्थिक सुधारका मार्गहरू पछ्याउँदै गएको बताउनुभएको छ ।