• १ पुस २०८२, मङ्गलबार

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

blog

काठमाडौँ, पुस १ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ८८ पैसा र बिक्रीदर १४५ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपियाँ २० पैसा र बिक्रीदर १७० रुपियाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ९५ पैसा र बिक्रीदर १९४ रुपियाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपियाँ र बिक्रीदर १८२ रुपियाँ ७५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ २९ पैसा र बिक्रीदर ९६ रुपियाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपियाँ २० पैसा र बिक्रीदर १०५ रुपियाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपियाँ ३८ पैसा र बिक्रीदर ११२ रुपियाँ ८५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५६ पैसा र बिक्रीदर २० रुपियाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ६१ पैसा र बिक्रीदर ३८ रुपियाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ७६ पैसा र बिक्रीदर ३९ रुपियाँ ९२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ४५ पैसा र बिक्रीदर ३९ रुपियाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४० पैसा र बिक्रीदर ३५ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८९ पैसा र बिक्रीदर नौ रुपियाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५९ पैसा र बिक्रीदर १५ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ७८ पैसा र बिक्रीदर २२ रुपियाँ ८८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ६२ पैसा र बिक्रीदर १८ रुपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपियाँ १४ पैसा र बिक्रीदर ४७४ रुपियाँ नौ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपियाँ ३२ पैसा र बिक्रीदर ३८५ रुपियाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७७ रुपियाँ ८७ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस