गोरखापत्रकर्मी कपिल ज्ञवाली उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।नेपाल पत्रकार महासंघ रूपन्देहीको १२ औँ अधिवेशन तथा साधारणसभाका अवसरमा उहाँलाई सम्मान प्रदान गरिएको हो ।
चितवनमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि तीन महिने अभियान सुरु गरिएको छ ।
आज आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका-६ सालिकोटका बाढी पहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता दिउँसो साढ एक बजे आसपासमा आएको हावाहुरीले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिनुभयो ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक भएकामा जोड दिनुभएको छ ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका लागि अन्तिम १५ खेलाडी छनोट गर्न चुनौतीपूर्ण हुने बताउनुभएको छ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता पेशालाई थप मर्यादित बनाएर लैजानुपर्ने बताउनुभएको छ ।
ललितपुर स्पोर्ट्स क्लब र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको संयुक्त आयोजनामा जारी नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले अग्रता बनाउनुभएको छ ।
पूर्व–पश्चिम लोकमार्गको बर्दीबास –५ स्थित टुटेश्वरको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अनुसन्धानदाताले नेपालका विश्वविद्यालयहरुले अनुसन्धनात्मक शिक्षालार्ई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं. ७ बस्ने १०३ वर्षीय ज्येष्ठ नागरिक माजनी प्रजालाई उहाँको घरमै पुगेर मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईले नेपाली नागरिकता प्रदान गर्दै ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बसेको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाबारे छलफल हुने सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
नेपाल एपीएफ क्लबले सातौँ केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटले अरु प्रदेशसरह सुदूरपश्चिम र कर्णाली प्रदेशको सन्तुलन कायम गरिने बताउनुभएको छ ।