हालका वर्षमा विश्वभरका अधिकांश केन्द्रीय बैङ्कहरू केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सिबिडिसी) जारी, यसको फाइदा र जोखिम पहिचान गर्न दु्रतगतिमा अध्ययन, अनुसन्धान र अन्वेषणमा संलग्न छन् । विश्वका प्रमुख अर्थतन्त्रहरूले आफ्नै डिजिटल मुद्रा जारी गर्न खोजिरहेका छन् । साथै विकासशील र अल्पविकसित राष्ट्रका वित्तीय तथा मौद्रिक अधिकारीहरूले यसमा चासो बढाउँदै र सिबिडिसीलाई आधुनिक बैङ्किङ प्रणालीको विकासमा गेम चेन्जर हुने छ; जसले पैसाको नयाँ युगलाई मार्गद
राजनीति र मानव अधिकार दुई भिन्न विषय हुन् तर आपसी सहयात्री पनि । राजनीतिक विकासबिना मानव अधिकार विकासको कल्पना हुँदैन । मानव अधिकारको लेपनबिना राजनीतिको सौन्दर्य हुँदैन । राजनीतिक विकासले मानव अधिकारको विकास हुन्छ र मानव अधिकारको लेपनले राजनीति थप जिम्मेवार हुन्छ । राजनीतिमा मानव अधिकारको स्पर्श र मानव अधिकारमा राजनीतिको प्रभाव भिन्न हुनै सक्दैनन् एकआपसमा अन्तरसम्बन्धित छन् । राजनीतिक गतिविधिले मानव अधिकारको विकासमा टेवा पु¥याउँछ भने मानव अधिकारमाथि नकारात्मक प्रभाव पनि पार्छ । उन्नत राजनीतिक व्यवस्था मानिएको लोकतन्त्रलाई मानव अधिकारको मेरुदण्ड पनि भन्ने गरिन्छ । लोकतन्त्र र मानव अधिकार एकअर्काका परिपूरक पनि हुन् । लोकतन्त्र, विकास र मानव अधिका
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी मकवानपुरको अध्यक्षमा विष्णु प्रसाद दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । कमिटीको शनिवार र आइतबार भएको नवौँ जिल्ला अधिवेशनबाट तीन बर्से कार्यकालका लागि दाहाल निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
फेसन नेटवर्क नेपालले नेपाल फेसन फेस्टिभल आयोजना गर्ने भएको छ । देशको युवा र दक्ष जनशक्तिलाई बजारसँग जोड्न उक्त फेस्टिभल आयोजना गर्न लागिएको हो । कलाकार प्रशान्त ताम्राकारका अनुसार जेठको ११ देखि १३ सम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा फेस्टिभल सञ्चालन गरिने छ । युवा र महिला सशक्तीकरणमा जोड दिइएको फेस्टिभलमा फेसन, सौन्दर्य र जीवनशैलीलाई मुख्य प्रस्तुतिका रूपमा राखिने छ । नेपाली डिजाइनर, स्वदेशी वस्तु, स्वदेशी ब्रान्ड आदिको बजार व्यवस्थापन र बजार र विक्रेताबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित फेस्टिभल आयोजना गरिएको जनाइएको छ । फेस्टिभलमा प्रदर्शनीसहित ६० वटा स्टल रहने जनाइएको छ ।
लेखक कृष्णप्रसाद बस्यालको स्मृति काव्य ‘आमा द्रौपदी’ सार्वजनिक गरिएको छ । रिडी–राम्दी पाल्पाली समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधान न्यायाधीश खिलराज रेग्मीले सो कृति सार्वजनिक गर्नुभएको हो । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले आफ्नो सिङ्गै जीवन सन्तानको उन्नति, प्रगतिको कामना गर्दै बिताउने आमाको स्मृतिलाई कृतिमै उतार्नु निकै सराहनीय कार्य भएको बताउनुभयो ।
सामाजिक विषयवस्तुमा निर्मित चलचित्र ‘आँखा’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । लामा सिनेमा प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘आँखा’ ले आधुनिक समाजमा तल्लो वर्गको सङ्घर्ष र बाँच्नका लागि कति गहिराइसम्म मानिस जान्छन् भन्ने मार्मिक दृष्टिकोण व्यक्त गरेको छ । चलचित्र निर्देशक जोन योञ्जनका अनुसार दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यही परिधिभित्रको रमाइलो कथा ‘आँखा’ हो । चलचित्रमा निर्देशक योञ्जनकै कथा, पटकथा रहेको छ । चलचित्रमा रङ्गकर्मीमा ख्याति कमाएका बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभयराज बराललगायत कलाकारको अभिनय रहेको छ ।
कर्णाली करिडोर अन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ भुलभुलेस्थित कडा चट्टान कटान काटेर बनाइएको एक तर्फी सवारीसाधन सञ्चालन सडक निर्माण । कच्ची सडक, धुलामय बाटोका कारण यात्रा गर्न निकै मुस्किल हुँदै आएको छ ।
चलचित्र ‘फर्की फर्की’ को ‘फर्की फर्की आउँछु म..’ बोल गीत सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा अनमोल र जसिताको जोडी देख्न सकिन्छ । चलचित्रमा अभिनेता अनमोल केसी र जसिता गुरुङको शीर्ष भूमिका रहेको छ । ‘फर्की फर्की आउँछु म’ गीतमा रोमन वज्राचार्य र निखिता थापाको आवाज रहेको छ । रोहित अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा रवि काफ्ले र समृद्धि अर्यालको समेत अभिनय रहेको छ । सुयोग गुरुङले निर्देशन गर्नुभएको चलचित्र जेठ १० देखि प्रदर्शन गरिने जनाइएको छ ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा अहिले आंशिक बदली भएको तथा बाँकी क्षेत्रमा मौसम सफा रहेको जनाएको छ ।
सञ्चालनमा रहेका कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएर १०९ वटा संस्था कायम भएका छन् । बैङ्क तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएका छन् ।
इलामको निर्वाचन क्षेत्र नं. २ को मतगणना गर्नका लागि अहिले बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । मत पेटिका अबेर मात्र आई पुगे पछि बिहान ७ बजे सर्वदलीय बैठक बसेर उक्त बैठकको निर्णय अनुसार मतगणना सुरु गरिने भएको हो ।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् ।
नागार्जुन नगरपालिकाले चालु शैक्षिक सत्रदेखि नगरभित्रका सबै सामुदायिक विद्यालयको शिक्षा निःशुल्क गरेको छ । नेपालको संविधानले कक्षा १ देखि ८ सम्म आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ भने माध्यमिक तहको शिक्षा निःशुल्क भनिए पनि सबैजसो सामुदायिक विद्यालयले विभिन्न शीर्षकमा अभिभावकसँग शुल्क लिँदै आएका छन् ।