राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
नेपालका चर्चित तथा लोकप्रिय सङ्गीत उद्यमी सूर्यबहादुर मगरले टेक्नोलोजी एक्सिलेन्स २०२४ अवार्ड प्राप्त गर्नुभएको छ । हिजो शनिवार काठमाडौंको पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला र डमसोल टेक्नोलोजी मानव सद्भाव नेपालकी प्रमुख तथा कार्यकारी अधिकृत नमिता घिमिरेले संयुक्तरुपमा सूर्यलाई सो अवार्ड हस्तान्तरण गर्नुभयो ।
तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।
अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताउनुभएको छ । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले अशक्त र गरिब नागरिक बिरामीका लागि निःशुल्क उपचारको सुविधा सुरु गरेको छ । उपत्यकामा रहेका ५२ अस्पतालका ३७४ बेडबाट बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने महानगरले जनाएको छ ।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पानीका स्रोत सुकेपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ । पछिल्लो समय यहाँ चापाकाल र अन्य पानीका स्रोत सुकेपछि वितरण गर्न थालिएको हो ।
बझाङको प्रदेश (क) को उपनिर्वाचनका लागी जिल्लाको बिकट साइपाल गाउँपालिकाबाट सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका ओसारेको छ ।
तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर भएको नेपालको बुझाइ छ ।
मधेश र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध कायम छ । होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको हो ।
तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका छन् । वडा कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाउने उद्देश्यसहित वडा कार्यालय भवन निर्माण गरिएका हुन् ।
अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ३.६ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
म्यानमारमा अत्यधिक तापक्रम बढेसँगै शतर्कत अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले नागरिकहरूलाई सावधानी अपनाउन सल्लाह दिएको हो ।
कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ । झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताउनुभयो ।