उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत क्षेत्र नेपालको आर्थिक क्षेत्रको रुपमा स्थापित भइरहेको बताउनुभएको छ ।
बझाङमा १ (क)मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले)ले अग्रतालाई कायमै राखेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको बताउनुभएको छ ।
गुल्मीको मदाने गाउँपालिका –७ भनभने वनमा लागेको आगो बस्तीतर्फ फैलिएर तीन वटा घरगोठ जलेर नष्ट भएको छ ।
प्रारम्भिक नतिजामा कांग्रेसका डम्बर खड्काले अग्रता लिनुभएको हो। उहाँले ११ सय ५५ मत ल्याउनुभएको छ। एमालेका सुहाङ नेम्वाङले हजार ७२ मत पाउनुभएको छ ।
नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गरेर काठमाडौँ ल्याइएको छ ।
शैलेन्द्रकुमार रोकायाबझाङ, वैशाख १६ गते। बझाङमा १ (क)मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले)ले अग्रतालाई कायमै राखेको छ। नेकपा (एमाले)का दमन भण्डारी नेपाली कांग्रेसका अविशेक सिंहभन्दा ६४९ मतले अगाडि हुनुहुन्छ। एमालेका भण्डारीले १३ सय ३ मत ल्याउनुभएको छ भने कांग्रेसका अभिषेक सिंहले ६५४ मत पाउनुभएको छ। नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ४०१ मत ल्याउनुभएको छ भने समाजवादी पार्टीका दिलबहादुर सिंहले ३६९ मत पाउनुभएको छ। राप्रपाका किशोर खड्काले २० मत पाउनुभएको छ। अहिले एमालेका उम्मेदवार दमन भण्डारीको वडासहित तीन वडाको तीन हजार ५ मत गणना सम्पन्न हुँदा ४६ मत बदर भएको छ।
गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडियो शनिबार सार्वजनिक गरेको छ ।
एमालेका भण्डारीले १२ सय ६२ मत ल्याउनुभएको छ भने कांग्रेसका अभिषेक सिंहले ६३६ मत पाउनुभएको छ।
दाङको राजपुर गाउँपालिका –७ हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएको छ । राजपुर गाउँपालिका –७ का वडाध्यक्ष पुष्कर वलीका अनुसार आगलागीबाट २५ घरमध्ये २४ घरमा क्षति पुगेको छ ।
राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतबार सिंहदरबारमा एक समारोहका बिच पूर्वराजदूत समेत रहनुभएका उहाँले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताउनुभएको छ ।
चीनको कान्च प्रिफेक्चर र नेपालका निजी क्षेत्रका प्रतिनिधिबिच व्यापार बिस्तारबारे आज यहाँ दुई पक्षीय छलफल भएको छ ।
इलाम-२ को प्रारम्भिक मत परिणाममा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। दिउँसो १२ बजे सुरु भएको मतगणनाको परिणाम आउनेक्रम जारी छ।
छुट्टाछुट्टै सांस्कृतिक विशिष्टता बोकेको मधेश र गण्डकी प्रदेशबिचको सहयोग र सहकार्यले मुलुकको पर्यटन क्षेत्रलाई नयाँ गति नयाँ गन्तव्य, नयाँ उचाई र नयाँ पहिचान दिन सकिने दुवै पक्षले प्रतिवद्धता जाहेर गरेका छन् ।