शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
ललितपुर, पुस २ गते । ललितपुर महानगरपलिकाले बुधबार १०७ औँ स्थापना दिवस मनाउँदै छ । कला, संस्कृति सम्पदायुक्त हरित सहरका रूपमा परिचित ललितपुर महानगरपालिकाको स्थापना दिवस मनाउन लागिएको हो ।
विक्रम संवत् १९७५ पुस २ गते जारी भएको पाटन सवालबाट छेमडोल अड्डाको नामबाट सञ्चालन भई विसं २००९ मा ललितपुर नगरपालिका घोषणा गरिएको थियो । त्यस्तै विसं १९१८ मा ललितपुर नगर पञ्चायत, २०४७ मा पुनः ललितपुर नगरपालिका, २०५२ मा ललितपुर उपमहानगरपालिका र २०७३ चैत १० गते ललितपुर महानगरपालिका घोषणा भएको थियो । महानगरप्रमुख चिरीबाबु महर्जनले प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ललितपुर महानगरपालिकाले १०७ औँ स्थापना दिवस भव्य रूपमा मनाउन लागेको जानकारी दिनुभयो ।