बझाङ क्षेत्र नं. १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले आफ्नो अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतगणनाको परिणामअनुसार उहाँले २०८७ मत प्राप्त गर्नुभएको छ ।
नेपालकी सुष्मा श्रेष्ठले आइतबार २०औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्ण पदक जित्नुभएको छ ।
इलाम निर्वाचन क्षेत्र २ मा भएको निर्वाचनको पछिल्लो मतगणनाले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का २८ मतले अगाडि रहनुभएको छ ।
महोत्तरीको गौशाला नगरपालिका २ स्थित कठुधारको पश्चिमी टोलमा आगलागी हुँदा घर र परालको कुन्यु (टाल) खरानी भएको छ ।
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीले अझ राम्रोसँग प्रेसरलाई म्यानेज गर्नुपर्ने बताउनुभएको छ ।
मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा वस्तीमा आगलागीबाट पीडित बनेका परिवारहरुलाई विभिन्न संघसंस्था तथा सहयोगी हातहरुले राहत सहयोग जारी राखेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताउनुभएको छ ।
बझाङ १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको छ । उहाँले १५९२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले एक हजार मत ल्याउनुभएको छ ।
ताप्लेजुङमा सूचना तथा प्रशारण विभागको आयोजनामा दुई दिने घुम्ती शिविर सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको सहकार्यमा सदरमुकाम फुङ्लिङमा आइतबारदेखि घुम्ती शिविर सुरु भएको हो ।
कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबिच नीति निर्माण तथा अध्ययन अनुसन्धान सम्बन्धी सम्झौता भएको छ ।
राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आमऔषधी खुवाउने कार्यक्रम सुरु भएको छ । जिल्लामा सम्पूर्ण पालिकाले एकै साथ हात्तीपाईले रोगविरुद्धको आम औषधी खुवाउने अभियान सुरु गरेका हुन् ।
फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्तलाई नेपाल प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ ।
सामुदायिक वन हुँदै सडक विस्तार गर्न नपाएको बिवादका कारण म्याग्दीको मंगला गाउँपालिका –१ कुहुँको अँधेरी खोलामा रूख ढालेर तथा पर्खाल लगाएर स्थानीयले शनिबारदेखि अवरोध गरेका छन् ।
नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलका चिन्ता नगर्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरुले अपिल गर्नुभएको छ ।
नेकपा (एमाले) सुनसरीको १२ औं जिल्ला अधिवेशनको आगामी जेठ ५ देखि ७ गतेसम्म गर्ने भएको छ । आइतबार एमाले सुनसरीको १२ औं पूर्ण बैठकले जिल्ला सम्मेलनको मिति घोषणा गर्ने निणर्य गरेको हो ।