भोटेकोशी गाउँपालिका मार्मिङ र लिस्तिकोट दुई वडाको बिचमा अवस्थित द लास्ट रिसोर्टमा रहेको एक सय ६० मिटर उचाइमा रहेको बन्जी जम्पमा यसअघि सपाङ्ग मानिसहरुले मात्रै बन्जी जम्प गर्दे आएका थिए ।
जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पको तीन वर्ष बितिसक्दा पनि अधिकांश पीडित अझै अस्थायी टहरामै बस्न बाध्य छन् । २०८० कात्तिक १७ गत बारेकोट गाउँपालिका–१, रामीडाँडालाई केन्द्रविन्दु बनाउँदै आएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुमपश्चिममा १५४ जनाको ज्यान गएको थियो ।
जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पको तीन वर्ष बितिसक्दा पनि अधिकांश पीडित अझै अस्थायी टहरामै बस्न बाध्य छन् । २०८० कात्तिक १७ गत बारेकोट गाउँपालिका–१, रामीडाँडालाई केन्द्रविन्दु बनाउँदै आएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुमपश्चिममा १५४ जनाको ज्यान गएको थियो ।
पुस महिना सुरु भएसँगै बाँकेमा चिसो बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी पनि घाम नलागेपछि बाँकेमा चिसो बढेको हो ।
कालीकोटको रास्कोट नगरपालिकाले प्रशासनको निर्देशनलाई छलेर गाडीबाट कर लिइरहेको पाइएको छ । नगरपालिका प्रवेश गर्ने गाडीबाट नगरपालिकाले २०७६ सालबाट सुरु गरेको कर असुली बिचमा रोके पनि पुनः २०७९ बाट असुल गर्दै आएको हो ।
कर्णालीका किशोरी तथा महिलामाथि लगानी बढाउन सुझाव दिइएको छ । किशोरी तथा महिलामाथि विशेष गरी शिक्षा, स्वास्थ्य र आयआर्जनमा लगानी बढाउन सुझाव दिइएको हो ।
सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना पुरुष मृत फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ फत्तेपुर घर भएका ५० वर्षीय रविराज नेपाली मृत अवस्थामा फेला पर्नु भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
धनुषाको बटेश्वरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय खोरिया सीतापुरमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक हाटबजारको आयोजना गरिएको छ ।
पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रुपमा मनाउन लागेको जनाएको हो ।
मङ्गलबार यहाँ आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर्दै आएकाले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।
यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
आयोजक नवसंघर्षशील युुवा क्लब हरिपुरले टिएसपी एफसी धनुषालाई ३–१ ले पराजित गर्दै प्रथम हरिपुर गोल्डकपको उपाधी जितेको छ ।
नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवं संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ ।
अर्जुनचौपारी गाउँपालिकामा एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा खुमा अर्याल फाउन्डेसनले पुस ५ गते गाउँपालिकाको प्राङ्गणमा शिविर सञ्चालन गर्न लागेको हो ।