विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्ग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका र निर्माण कम्पनीबिच सोमबार नगरपालिकाको कार्यालयमा सम्झौता गरिएको हो ।
कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश वनमा डढेलो फैलिँदै गएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र २ मा भएको उपनिर्वाचनको मत गणना परिणामले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ ।
बझाङमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । उहाँले २६६ मतले प्रतिस्पर्धीलाई पछि पार्दै विजयी हुनुभएको हो ।
पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क तिर्न बाध्य बनाएको छ । रामग्राम-२ को पवन माध्यमिक विद्यालयले भर्ना शुल्कको नाउँमा दलित विद्यार्थीसँग सहयोग लिएको जनाइएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर निरन्तर फराकिलो बताउँदै लग्नुभएको छ ।
रुपन्देहीमा नमुना सडकका रूपमा निर्माण थालिएको बेलबास–बेथरीसडक बिचैमा अलपत्र परेपछि स्थानीयले दबाब दिन भन्दै सङ्घर्ष समिति गठन गरेका छन् । सडक निर्माण पूरा नगरेसम्म नहरपुर–बेताहानी खण्डमा टिप्पर चल्न नदिने स्थानीयले निर्णय समेत गरेका छन् ।
भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउन देखि चैत मसान्तसम्म) बेलहिया नाका हुँदै चार अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलो लिटर पेट्रोल आयात हुँदा दुई अर्व ६३ करोड ३९ लाख ९५ हजार राजस्व संकलन भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ ।
काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई रु १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेश द्रुतमार्ग धमाधम निर्माण भइरहेको छ ।
काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा साझेदारी’ को नीतिअनुसार ठुलो लगानीका मुख्य परियोजना अगाडि बढाउने सोच राखेको छ ।
इलाम –२ को मतगणना कार्यमा अहिले नेकपा (एमाले) का सुहाङ नेम्वाङ ३९६० मतले प्रतिस्पर्धीलाई पछि पार्नुभएको छ । उहाँलाई ११ हजार ६१९ मत प्राप्त भएको छ ।
तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।