प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर पाँच हजार ८५७ पुगेको छ ।
सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरीक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ ।
महोत्तरी जिल्लामै सर्वाधिक दुर्घटना हुने बर्दीबास जलेश्वर सडक खण्डको औरही प्रहरी र ट्राफिक विटको छेउबाट सोमबार अपरान्ह दाउराको ओभरलोड थुप्रोमा महिला तथा बालबालिका लोड गरेर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका २ वटा ट्रयाक्टर ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।
नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगिताको चौथो दिन चार खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कक्षा १२ को प्रश्नपत्र आउट गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
गोरखापत्र संस्थानले राष्ट्रिय फोटो पत्रकारिता दिवसका पारेर आयोजना गरेको पुराना तस्बिर प्रदर्शनीले त्यसबेलाका सामाजिक परिवेश, जनजीवन, रहनसहन र ऐतिहासिक घटनाक्रम बुझ्न सघाएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।
नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आइतबार दिउँसो पौने १ बजे बाघले आक्रमण गरी जिल्लाको मध्यविन्दु–५ बाघखोर निवासी ३० वर्षीय यमनारायण महतोलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको बताउनुभएको छ ।
नेपाल र रसियाबिच मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता मङ्गललबार हुने भएको छ । एक दिने प्रतियोगिता दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा हुने नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गरिएको हो।
बागमती प्रदेश सभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ ।
नेपालगन्जमा विगत केही दिनदेखि बढ्दै गइरहेको चर्को गर्मी र दिउँसोको समयमा चल्ने सुख्खा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ ।