समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
उपप्रधानमन्त्री एवम् स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । मङ्गलबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।
घोरदौरा घोराही बजारदेखि नजिकै रहेको बस्ती हो । जिल्लाको मुख्य केन्द्रदेखि करिब छ किलोमिटरको दुरीमा रहेको उक्त बस्तीमा अहिले खानेपानीको चरम सङ्कट देखिएको छ । गर्मी बढेसँगै करिब सात/आठ किलोमिटर टाढाबाट ल्याइएको पानीको धारा सुकेपछि यस्तो समस्या आएको हो । यहाँका करिब ६० देखि ७० घरपरिवार एकै ठाउँको पानी खान बाध्य छन् ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
श्वासप्रश्वासका लागि अपरिहार्य वायु नै प्रदूषित बनेपछि मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुनु स्वाभाविक हो । विशेष गरी देशका सहरी क्षेत्रमा सुक्खा मौसममा प्रायः हुने गरेको वायुप्रदूषणले केही वर्षदेखि अधिक असर पुर्याउन थालेको छ । वायुको गुणस्तर मापन गर्ने संस्थाहरूको प्रतिवेदन सार्वजनिक हुँदा खास गरी काठमाडौँ उपत्यका र मुलुकका अन्य प्रमुख सहरको वातावरण कहालीलाग्दो नै छ । काठमाडौँ उपत्यकाको वायुप्रदूषणको मात्रा त विश्वका प्रदूषित सहरहरूको सूचीमा बर्सेनि एक/दुई नम्बरमै पर्ने
सर्लाहीको दुई फरक स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ ।जिल्लाको हरिवन नगरपालिका–३, मोहनपुरमा स्थानीय रोहन भुजेलले सञ्चालन गरेको कुखुरा फाम र सँगै रहेको घर जलेर नष्ट हुँदा ११ लाख रुपियाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
म आफूलाई खगोलविद् ठान्दिनँ र अन्य प्रकारको वैज्ञानिक पनि ठान्दिनँ । अहिलेसम्म म यस्तो ज्ञान प्राप्तिका लागि जिज्ञासु विद्यार्थी मात्र हुँ तर मैले ब्रह्माण्डका बारेमा जति अध्ययन गरेँ, त्यसबाट मलाई लागेको छ– यो हरेक व्यक्तिले अध्ययन गर्ने विषय हो । यसको अध्ययनबिना कुनै पनि व्यक्तिले मानवजातिको सही इतिहास बुझ्न सक्दैनन् । आफूलाई विज्ञ ठान्ने जो कोही पनि यसको अध्ययनबिना अधुरो हुने छ । मलाई लाग्छ, यसको अध्ययन हरेक विद्यालय र महाविद्यालयमा अनिवार्य गर्नु पर्छ । यसो गर्न स
सिन्धुपाल्चोकमा एकै पटक ३९ वटा स्वास्थ्यचौकी भवन निर्माण सुरु भएको छ । स्वास्थ्य सेवा पाउनबाट बञ्चित ग्रामीण भेगका जनतालाई लक्षित गरी स्वास्थ्यचौकी भवन निर्माण सुरु भएको छ ।
आगो लगाउने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तानसेन, बगनासकाली र रिव्दीकोटका विभिन्न स्थानमा आगो लगाउने १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तानसेनमा म्याद गुज्रिएका अखाद्य सामग्री बिक्री भएको पाइएको छ । जिल्ला सदरमुकाम तानसेनका विभिन्न स्थानमा म्याद नाघेका अखाद्य बस्तु बिक्री भएको पाइएको हो ।
कतारका अमिर शेख बिन हमाद अल थानीले नेपालको दुईदिने राजकीय भ्रमण गर्नुभयो । भ्रमणका क्रममा नेपाल र कतारबिचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउने गरी दुई देशका उच्च नेतृत्वबिच महत्त्वपूर्ण वार्ता भयो । वार्ता फलदायी भएको विश्वास राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्त गर्नुभयो । भ्रमणको उपलब्धि, दुई देशबिचको अबको सम्बन्धलगायत विविध विषयमा कतारका लागि नेपालका राजदूत डा. ढकालसँग गोरखापत्रका लागि चाँदनी हमालले गर्नुभएको कुराकानीको सम्पादित अंश :
मकवानपुरको बकैया गाउँपालिका कार्यालयले कर्मचारीको निधनमा मङ्गलबार अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने गरी शोक बिदा दिएको छ ।
महोत्तरीको मटियाहनी नगरपालिका–६ का अग्निपीडितलाई वार्मिङ हार्ट्स नेपाल सायन समाजले दैनिक खाना खुवाउँदै आएको छ । वार्मिङ हार्ट्सले मटियाहनी–६ का अग्निपीडितलाई दैनिक खाना खुवाउँदै आएको हो ।