सहज रूपमा आवतजावत गर्न धनुषा र महोत्तरी जिल्लाका विभिन्न स्थानमा पुल निर्माणको काम भइरहेको छ । धनुषा र महोत्तरी जिल्ला कार्य क्षेत्र रहेको सडक डिभिजन कार्यालय जनकपुरले दुवै जिल्लामा गरी ३९ वटा पुल निर्माण गरिरहेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिनुभएको छ।मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिनुभएको हो।
सिमकोट गाउँपालिकाले पहिलो पटक कर्णाली कोरिडोर भएर बोलेरो जिप सिमकोटमा ल्याएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ का खड्गबहादुर चेम्जोङको रुखबाट लडेर मृत्यु भएको छ।
इलाम-२ को उप-निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका नेकपा (एमाले)का सुहाङ नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई मंगलबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो।
मुस्ताङको तीर्थस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस मङ्गलबार बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
गुल्मीमा डिभिजन वन कार्यालय गुल्मीले उच्च सतर्कता अपनाउन र आगो नियन्त्रणमा आम जनता सहभागी हुन अपिल गरेको छ ।
बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्नुहुन्थ्यो ।
स्वास्थ्य कार्यालय बाँकेमा बालबालिकालाई नियमित रुपमा लगाउनुपर्ने पोलियो र डिपिटी खोप अभाव भएको छ ।
वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु. ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्नुभएका उहाँले सत्ता साझेदार दलहरुसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थाल्नुभएको हो । उहाँले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गर्नुभएको थियो ।
सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश नम्बर ०१ ०३० चं ०९९५ नम्बरकाे कार र सोही दिशातर्फ जाँदै गरेको बा ७३ प २८३६ नम्बरकाे स्कुटर एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ ।
गत केही समययता आएर बाँकेका सामुदायिक र राष्ट्रिय वन जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ । जिल्लाका सामुदायिक र राष्ट्रिय वन जङ्गलमा डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले निर्माण गरेको दुई हजार किलोमिटर अग्नि रेखा प्रभावकारी बन्दै गएको हो ।
नहुँको व्यास नगरपालिकाले तनहुँको सदरमुकाम दमौलीको सडक सीमाभित्रको घर सात दिन भित्र भत्काउन आग्रह गरेको छ ।