धादिङको नीलकण्ठ नगरपालिका–८ च्याँडुघुम्तीको डम्पिङ साइड प्रभावित क्षेत्रका बासिन्दाले फोहोर व्यवस्थापन व्यवस्थित हुनुपर्ने आवाज उठाएका छन् ।
स्थानीय स्तरमा उपलब्ध खेर गइरहेको बाँसबाट धनकुटाको महालक्ष्मी नगरपालिका–२ ले विभिन्न सामग्री बनाउने तालिम सम्पन्न गरेको छ ।
वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन् । संसदमा जे पनि बोल्नहुने जस्तो देखिन्छ । संसदीय मर्यादाविपरीतका अभ्यास भइरहेको छ । एकअर्काको विरोध गर्नबाहेक केही नगरेको देखियो । देशको सामाजिक–आर्थिक विकासका लागि सदनमा प्रतिनिधित्वका सबै राजनीतिक दल एकजुट हुनैपर्छ ।
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ ।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।
दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ ।
जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले नेतृत्व गर्नुभएको गैरनाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पताल दमकले एक वर्षमा ५० हजारभन्दा बढी बालबालिकालाई
नेपाली लोकजीवनमा ‘लिजेन्ड’ बनिसकेका जनकवि केशरी धर्मराज थापाको जीवनमा एउटा अपत्यारिलो घटना घटेछ । २०११ साल उनी लोकसंस्कृतिको खोजीमा मुस्ताङतिरको यात्रामा निस्केछन् । यसैबिच
बुढीनन्दा नगरपालिकाले अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक र एकल महिलालाई घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्क कोल्टी शाखाको सहकार्यमा वडा नं. ४ मा पर्ने कुरुक्षेत्रका ज्येष्ठ नागरिकलाई घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष जुल्फे रोकायाले बताउनुभयो । कुरुक्षेत्र राष्ट्रिय वाणिज्य बैङ्क कोल्टी शाखादेखि एक दिन पैदल यात्राको दुरीमा पर्दछ, ज्येष्ठ नागरिकलाई कुरुबाट कोल्टी आउनजान दुई दिन लाग्ने गर्छ ।
भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित रु दुई लाख ८३ हजार आठ सय १० हस्तान्तरण गरिएको हो ।
करिब आठ करोड रुपियाँ लागतमा बन्ने भनिएको ३३ केभी मेलौली सबस्टेसन निर्माणको काम अलपत्र परेको छ । उक्त काम १८ महिनामा पूरा गरिसक्नुपर्ने सम्झौता भए पनि छ वर्षसम्म पूरा नहुँदा ६० हजार जनसङ्ख्याको बिजुली बाल्ने सपना अधुरै रहेको छ । तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा बिजुली बाल्न विद्युत् प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले आर्थिक वर्ष २०७५/७६ मा आठ करोड ३२ लाख २९ हजार रुपियाँ लागतमा ठेक्का सम्झौता गरेको थियो ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको ।
खोटाङका केही वनमा लोपोन्मुख वन्यजन्तु रेड पान्डाको संरक्षणका लागि चोरीसिकारीविरुद्ध जिल्लास्तरीय एकाइ स्थापना गर्ने कार्यव्रmम ल्याइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१
जिल्लाका असजिलो चट्टानी भीर रहेको कर्णाली करिडोरअन्तर्गत पर्र्ने छारे भीरमा चट्टान फोडेर सडक निर्माण कार्य भएको छ । भीरमा होल खोप्ने, विस्फोट गर्ने, मेशिन लगाएर निर्माण गर्ने लगायतका काम सुरु भएपछि सडकको ट्रयाक खोल्ने कार्य पूरा भएको हो ।