विकासका लागि कम रकम विनियोजन हुने र विनियोजित रकम पनि खर्च नहुने परिपाटीले विकासको अवसरलाई पर धकेलिरहेको छ । निजी लगानीलाई समेत प्रोत्साहित गर्ने पुँजीगत खर्च नहुनाले रोजगारी सिर्जना र आर्थिक विस्तारमा बाधा उत्पन्न गराएको छ । परियोजनाको कुल लागतको ३० प्रतिशत श्रम खर्च हुने अर्थशास्त्रीय मान्यताका आधारमा हेर्दा पनि पुँजीगत खर्च पर्याप्त नभएर हरेक वर्ष हजारौँ नेपालीले रोजगारीको अवसर गुमाइरहेका छन् । नेपालमा यतिखेर थप १ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न एक खर्ब ६० अर्ब रुपियाँभन्दा बढी पुँजीगत खर्च हुनु पर्छ । यसले कमजोर उत्पादकत्व र पुँजीको दक्ष प्रयोग हुन नसकेको देखा
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सोमबार खारेज गरिदिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीन तहको सरकारबिच कृषि क्षेत्रसम्बन्धी समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तह कृषि क्षेत्र समन्वयसम्बन्धी कार्य प्रक्रिया २०८० कार्यान्वयनमा ल्याएको छ । कृषि मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीले कृषि क्षेत्रको समग्र विकासको प्रक्रियालाई समुचित दिशा प्रदान गर्नका लागि राष्ट्रिय प्राथमिकता र स्थानीय आवश्यकता अनुरूप तीनै तहबिचमा समन्वय गर्नका लागि यो कार्यप्रक्रिया कार्यान्वयनमा आएको बताउनुभयो । तीनै तहमा कृषि विकास कार्यक्रमलाई राष्ट्रिय लक्ष्य पूरा गर्नेतर्फ यो लक्षित रहेको उहाँले बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले व्यापार मेला दुई देशबिच व्यापार प्रवर्धन गर्ने औजारका रूपमा रहने बताउनुभएको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको १७ औँ नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतबिचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार हुँदै जाने बताउनुभएको हो ।
मुलुकमा उत्पादन भएको प्रशोधित पानी जापान, भारतलगायतका देशमा जाने गरेको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३६ लाख ११ हजार रुपियाँ बराबरको ३१ हजार ५५४ लिटर पानी निर्यात भएको हो । गत वर्ष सो अवधिमा २३ लाख आठ हजार रुपियाँ बराबरको एक हजार ३९६ लिटर निर्यात भएको थियो । चालु आवको नौ महिनामा मुलुकमा उत्पादन भएको १५ लाख २१ हजार रुपियाँको १२ हजार ९६६ लिटर पानी भारत निर्यात भएको छ । यस्तै २० लाख ९० हजार रुपियाँ बराबरको १८ लाख ५८८ लिटर पानी जापान निर्यात भएको केन्द्रको तथ्याङ्क छ ।
बुवा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा २०४६ फागुन ६ गते काठमाडौंमा जन्मिनु भएका सुहाङ नेम्वाङ अहिले इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका रुपमा विजयी हुनु भएको छ । ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गर्नुभएका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गर्नुभयो । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरेर अढाइ वर्षका लागि अष्ट्रेलिया जानु भएका सुहाङ कानून विषय अध्ययनका लागि पुनः नेपाल फर्कनु भयो । ‘काठमाडौं स्कूल अफ ल’ मा बीएएलएलबीको पढाइ शुरु गर्नुभयो । बीएएलएलबीको पढाइ सके लगतै एलएलएम अध्ययन पुरा गरेपनि समय अभावले थेसिस बाँकी रहेको छ ।
इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित हुनु भएको थियो ।
प्रेस काउन्सिल नेपालमा आज भएको छलफलपछि सिधाकुरा डट कमको सम्पादकीय टिमले द डार्क फाइल नामक सामग्री हटाएको छ । वैशाख १४ गते स्टिङ रिपोर्टिङ नाम दिएको सो सामग्रीमा विवाद आएपछि सो मिडियाले सामग्री हटाएको हो ।
इलाम –२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ६ हजार ४१२ मतले अग्रता लिनुभएको छ । पछिल्लो परिणामअनुसार उहाँले २१ हजार ९६७ मत प्राप्त गर्नुभएको छ ।
आइतबार दिउँसोदेखि सुरु भएको इलाम –२ को मतगणनामा अहिलेसम्म ४५ हजार ९५३ मत गणना सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न आफ्नो पार्टी दृढ रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ६ हजार ४३९ पुगेको छ । पछिल्लो परिणाम अनुसार उहाँले १९ हजार ११४ मत पाउनुभएको छ ।
सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको एक समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाणसहित यही वैशाख २० गते १० बजे अदालतमा बयानका लागि उपस्थिति हुन आदेश गरेको छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तासँग आग्रह गर्नुभएको छ।
‘जाऊँ साइँली बेनी बजार’को नयाँ भर्सन सार्वजनिक भएको छ। लोकगायक स्वर्गीय पदम बिस्ट, लोचन भट्टराई र विमला राईको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा बजारमा आएको हो।