संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने विश्वास व्यक्त गर्नुभएको छ ।
कालीकोटमा आज फेरि एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अर्काको सट्टामा परीक्षा दिँदैगरेका २६ वर्षीय नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरतप्रसाद साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो। मन्त्रिपरिषद् विस्तारसँगै मधेशमा मन्त्रीको सङ्ख्या १५ पुगेको छ।
सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी बोर्ड नेपालको मुख्य आयोजना र नेपाल उद्योग वाणिज्य महासङ्घ सहआयोजनामा भएको यस सम्मेलनमा नेपाललगायतका विभिन्न ६० मुलुकका करिब एक हजार चार सयभन्दा बढी लगानीकर्ताको सहभागिता छ ।
बैङ्किङ कसुर मुद्धामा जुगल गाउँपालिका–७ याङ्लाकोटका बाहलवाला वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा तामाङ नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डले खेलाडी टोलीको घोषणा गरेको छ ।
सूचना तथा प्रसारण विभागले ताप्लेजुङका पत्रकार तथा सञ्चारकर्मीलाई तालिम प्रदान गरेको छ। ताप्लेजुङमा रहेर पत्रकारिता गर्दै आएका स्थानीय पत्रकारलाई विभागले क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले पत्रकारिता क्षेत्र र पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
बागलुङमा एक लाख ३१ हजार पाँच सय ७४ पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये छ पालिकामा कुकुर, भैसी, राँगा, गोरु, बाख्रा र बङ्गुरलगायतका पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाईले शिष्टाचार भेट गर्नुभएको छ।
जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका-७ ओख्रेनीका जुनार कृषक रामकुमार कार्कीको बगैँचामा रहेका जुनारका बोटमा नम्बरिङ गरी जुनारको बोटमा ट्याग लगाउन थालिएको हो ।
नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रको आयोजनामा १८औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७ औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता वैशाख २४ गतेदेखि हुने भएको छ ।
फिदिम नगरपालिका १० मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
काठमाडौँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा वैशाख १९ देखि ३० गतेसम्म जयकुमार नाथ शाह मेमोरियल यू–१६ अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
जोशी रिसर्च सेन्टर, ललितपुरले प्रत्येक वर्ष प्रदान गर्दैआएको पुरस्कार यस वर्ष ‘कदम पुरस्कार २०८०’ बाट भक्तपुर निवासी वरिष्ठ लेखक प्राडा. पुरुषोत्तम लोचन श्रेष्ठ र ‘हरिराम जोशी संस्कृति पुरस्कार २०८०’ बनेपा निवासी वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाललाई प्रदान गरिएको छ ।