प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तरण ५ हजार ३०२ पुगेको छ । पछिल्लो परिणाम अनुसार उहाँलाई १४ हजार ६१३ मत प्राप्त भएको छ ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत प्रदेशको शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तनको आभास दिने बताउनुभएको छ ।
मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरुभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।
बेरोजगार युवाका लागि ‘अटोरिक्सा’ आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय अटो रिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बनेको हो ।
म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ । तरकारीको रुपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ ।
म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् ।
सिराहामा तीन वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कर्णाली प्रदेश सरकारले कृषि उत्पादन भण्डारणका लागि सुर्खेतका विभिन्न ठाउँमा चिस्यान घर निर्माण गरी सञ्चालनमा ल्याएको छ । सुर्खेतमा तीन स्थानीय तहमा पाँच वटा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
बिरुवा गाउँपालिका –६ तल्लो बलेउकी बुकमाया नेपालीले नयाँ घर पाउनुहुने भएको छ । आगलागीका कारण घरगोठ जलपछि युवा संघ स्याङ्जाले घर बनाइदिने भएको हो ।
लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ । चैतमा रोपेको चैते धानमा रोपेदेखि पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको हो ।
कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २०७७/७८, ७८/७९, ७९/८० र चालु आवको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको हो ।
भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकतालाई पहिचान गरेर १६ औँ योजनाको लक्ष्य र कार्यक्रम निर्धारण गरिएको बताउनुभएको छ ।
अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन-२०२४ भव्यरुपमा सफल भएको बताउनुभएको छ ।
विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्ग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका र निर्माण कम्पनीबिच सोमबार नगरपालिकाको कार्यालयमा सम्झौता गरिएको हो ।