प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्बाङले ११ हजार ७८ प्राप्त गर्नुभएको छ ।
तीन पटकसम्म म्याद थप गरिएपनि निर्माण कम्पनीको लापरबाहीले काम पुरा नगर्दा नरैनापुर गाउँपालिकाको निर्माण कार्य अलपत्र अवस्थामा छ ।
काठमाडौँको घण्टाघर सडक किनारामा ढकमक्क ज्याकाराण्डा फूल फुलेका छन् । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ ।
यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ ।
बागमती प्रदेशमा वन डढेलो विकराल बन्दै गएको छ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेशमा चालु आर्थिक बर्षको साउनदेखि चैत मसान्तसम्म १३ हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा वन डढेलो लागेको वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र कुमार प्रधानले जानकारी दिनुभयो ।
बाजुराका नौ वटै स्थानीय तहमा रहेका सामुदायिक वनमा यती बेला दिनप्रतिदिन आगलागी हुने क्रम बढ्दै गएको छ ।
सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ ।
बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
यहाँस्थित नेपाल भारत नाकाबाट अवैध आयात र चोरी तस्करी बढ्दै गएको पाइएको छ ।
इलाममा २५ हजार ४५१ मतगणना भएको छ । इलामको फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ १, २, ३, ४ को गणना सम्पन्न भएको हो ।
बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले पुनः अग्रता लिनुभएको छ । भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गर्नुभएको छ ।
नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ ।
दाङमा आगलागीबाट ८७ लाख बढीको क्षति भएको छ । जिल्लाको राजपुर गाउँपालिका–७ हाडबासमा आइतबार दिउँसो भएको आगलागीबाट करिब २४ बढी घरगोठसँगै पशुचौपाय जल्दा ८७ लाखभन्दा बढीको क्षति भएको हो ।
सन्त निरङ्कारी मण्डल नेपालले एक दिनमा ९४९ युनिट रगत सङ्कलन गरेको छ । १८ जिल्लामा आयोजना गरेको रक्तदान कार्यक्रमबाट सो रगत संकलन गरिएको सो संस्थाका सचिव अनिल महर्जनले बताउनुभयो ।
इलाममा सोमबार बिहान १० बजेसम्म २४ हजार ७३८ मतगणना भएको छ । प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)का सुहाङ नेम्वाङले १० हजार तीन मत प्राप्त गर्नुभएको छ ।