नहुँको व्यास नगरपालिकाले तनहुँको सदरमुकाम दमौलीको सडक सीमाभित्रको घर सात दिन भित्र भत्काउन आग्रह गरेको छ ।
रुपन्देहीमा पछिल्लो एक सातायता गर्मी अत्यधिक बढेको छ । बिहानैदेखि चल्ने तातो हावा सहितको गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ ।
सुख्खा मौसम सुरु भएसँगै वन जङ्गलमा आगलागीका घटना बढ्दै गएको छ । करिब एक सातादेखि जिल्लाका चार स्थानमा लागेको आगो निरन्तर फैलिरहेको छ ।
गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो । घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमै खरानी भयो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लाई उत्साहित तुल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनमा प्राप्त जितले एमालेलाई खुसी तुल्याएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम आउँदै हुनुहुन्छ ।
गुल्मीमा पैंचो पसल प्रालिले पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ ।
महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई जिम्मेवारी प्रदान गरेको छभने मातहतका सबै कमिटीलाई सदस्यता अभिलेख, कार्य प्रगतिको विवरण केन्द्रमा बुझाउन निर्देशन दिएको हो । सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।
दोस्रो ओखलढुङ्गा महोत्सव सम्पन्न भएको छ । गत वैशाख ५ गतेबाट जिल्ला सदरमुकाममा सञ्चालन भएको दोश्रो ओखलढुङ्गा महोत्सव–२०८१ सम्पन्न भएको हो ।
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष २०८०-०८१ को चैत महिनासम्मको राजश्व सङ्कलनको लक्ष्यको ७२ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनबिच भेटवार्ता भएको छ ।
पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।
चङ्खेली गाउँपालिकाले विद्यालय र स्वास्थ चौकीलाई बस र एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
यहाँ लुलुगाई हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रबिच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो ।